December 4, 2024, 8:01 am
» लुम्बिनीलाई पहिलो झट्का, रनआउट भए आशुतोष » चितवनमा रविको बयान जारी रहँदा सहकारी पीडितको प्रदर्शन » मकवानपुरको बकैयामा बस दुर्घटना, २२ जना घाइते » त्रिवि शिक्षण अस्पतालमा राष्ट्रपतिको प्रोस्टेटको शल्यक्रिया » बीआरआईमा हस्ताक्षर हुन्छ: प्रदीप ज्ञवाली

लुम्बिनीका काँग्रेस सांसद केसी जेल चलान

भदौ २३, २०८१ मा प्रकाशित | १०८०दर्शक तीव्रखबर

बुटवल । लुम्बिनी प्रदेश सभाका सांसद  धनबहादुर केसी कारागार चलान भएका छन् । यसअघि फरार सूचीमा रहेका उनी आफैं अदालतमा उपस्थित भएपछि जेल चलन भएका हुन् । अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार पठाएको छ ।
सरकारी कागज किर्ते अभियोगमा उनलाई अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । २०४८ सालको फैसला अहिलेसम्म कार्यान्वयन भएको थिएन ।
केसीलाई उनकै श्रीमती राधा केसीले सम्बन्ध विच्छेदको नक्कली कागज बनाएको भन्दै मुद्दा दायर गरेकी थिईन् । सो मुद्दामा उनी दोषी ठहर भएका थिए । नेपाली कांग्रेसका नेता केसी गत २०७९ को प्रदेश सभा निर्वाचनमा रुकुम (पूर्व) निर्वाचन क्षेत्र १(१) बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया