October 22, 2026, 5:52 am
» उपत्यकाका सडकमा सवारी चाप बढ्दै » ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन » दशैं विदामा घुम्नैपर्ने १५ विशेष गन्तव्य : पोखरादेखि रारासम्म, नेपालकै अनुपम सौन्दर्य ! » देशभर दशैंको उल्लास, मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी ! » दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

मलेशियामा आफ्नै साथिले गरे रुपेशको हत्या, दोषी प्रहरी नियन्त्रणमा

भदौ १९, २०८१ मा प्रकाशित | २७५०४ दर्शक तीव्रखबर

सिरहा । सिरहा जिल्लाको बिष्णुपुर गाउँपालिका २ राजपुरका २२ वर्षीय रुपेश यादवको आफ्नै साथिले हत्या गरिएको छ।

मलेशियामा एउटै कोठामा बस्दै आइरहेका निलम गुरुङले रुपेशको पेटमा चक्कु प्रहार गरी हत्या गरेको हो। वैदेशिक रोजगारको क्रममा २ वर्ष अगाडि मलेशिया सुपरमार्केटमा पुगेका रुपेशलाई उनीसँगै काम गर्ने निलम गुरुङले हत्या गरेको परिवारजनले जनाएका छ्न।

घटनाको जानकारी पाएपछि मलेशिया प्रहरीले तत्कालै निलम गुरुङलाई नियन्त्रणमा लिएको छ। यादवको असामयिक निधनले गाउँ र परिवारमा ठूलो क्षति पुर्‍याएको छ। घटनामा दोषीलाई कडा भन्दा कडा सजायको माग गर्दै परिवारजन र स्थानीयले नेपाल सरकारसँग उचित पहलको अपिल गरेका छन्।

यो घटनाले वैदेशिक रोजगारमा गएका नेपालीहरूको सुरक्षाको सवालमा गम्भीर प्रश्न उठाएको छ। रुपेशको शवलाई नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको जनाइएको छ। मुकेश कुमार यादव

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *