October 22, 2026, 6:01 am
» उपत्यकाका सडकमा सवारी चाप बढ्दै » ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन » दशैं विदामा घुम्नैपर्ने १५ विशेष गन्तव्य : पोखरादेखि रारासम्म, नेपालकै अनुपम सौन्दर्य ! » देशभर दशैंको उल्लास, मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी ! » दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिदै

भदौ ४, २०८१ मा प्रकाशित | २४५०४ दर्शक तीव्रखबर

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिदैछन् । अपराहन्न १ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन् ।

एमाले-कांग्रेसको समीकरण बनेपछि गत साउन ७ गते आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

उनलाई एमाले र कांग्रेससहित नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, जसपा, जसपा नेपाल र एक स्वतन्त्र सांसदले विश्वासको मत दिने भएका हुन् ।

प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, नागरिक उन्मुक्तिका ४, लोसपा र जनमतका ३-३, जसपाका २, जसपा नेपालका एक र स्वतन्त्र एक गरी ८७ सदस्यीय प्रदेश सभामा आचार्यलाई ७० प्रदेश सभा सदस्यले विश्वासको मत दिने भएका छन् ।

त्यस्तै मुख्यमन्त्री आचार्यलाई माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी र राष्ट्रि जनमोर्चाले विश्वासको मत नदिने बताएका छन् । प्रदेश सभामा माओवादी केन्द्रका ११, राप्रपाका ४ तथा एकीकृत समाजवादी र जनमोर्चाका एक एक सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *