November 19, 2026, 11:55 am
» २१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै सकियो एमाले राष्ट्रिय भेला » २४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, १४८ जना घाइते » दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते » नेप्सेमा समान्य वृद्धि, ३ अर्ब ८७ करोडको कारोबार » मलेसिया श्रमिक ठगी प्रकरण : पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

नतासासँगको ब्रेक अप पछि हार्दिक पाण्डेय बेलायति गायिकासँग डेटमा

साउन ३१, २०८१ मा प्रकाशित | २२००४ दर्शक तीव्रखबर

मुम्बई, । नतासा स्टान्कोभिकसँगको सम्बन्धविच्छेद पछि क्रिकेटर हार्दिक पाण्ड्याको बारेमा विभिन्न किसिमका समाचार आइरहेका छन् ।

जब उनले अनन्या पाण्डेसँग पार्टीमा डान्स गरे, सायद उनीहरुको निकटता बढेको बताइन्छ । अहिले फेरी हार्दिकको नाम बेलायती गायकसँग जोडिएको छ । भनिन्छ, हार्दिकले बेलायती गायिका जस्मिन वालियालाई डेट गरिरहेका छन् ।

भर्खरै हार्दिकले आफ्नो ग्रीस छुट्टीको भिडियो पोस्ट गरे। यो भिडियोमा उनी स्विमिङ पुलको अगाडि देखिएका छन् । हार्दिकको यो छुट्टीको भिडियोका कारण उनको र बेलायती गायक डेटिङको हल्ला चल्न थालेको हो ।

यस अफेयरको पछिल्लो खबर भाइरल भएको थियो किनभने हार्दिक पाण्ड्याको भिडियो सार्वजनिक हुनुभन्दा दुई दिनअघि जस्मिनले ग्रीसमा आफ्नो छुट्टी मनाउने केही तस्विर पनि पोस्ट गरेकी थिइन् । यी तस्विरहरूमा जैस्मीन त्यही पोखरी नजिकै उभिएकी छिन्, जहाँ हार्दिक थिए । यी दुईको मिल्दो पृष्ठभूमिका कारण मानिसहरूले सामाजिक सञ्जालमा यी दुईबीच केही चलिरहेको छ भनेर अनुमान गर्न थालिएको हो ।

अचम्मको कुरा जैस्मीनले पनि हार्दिकको पोस्टलाई लाइक गरेकी थिइन् । यस बाहेक हार्दिकले उनको बिकिनी पोष्टमा कुनै प्रतिक्रिया दिएनन् तर यसअघि धेरै पोस्टमा लाईक गरेका थिए । अहिले सामाजिक सञ्जालमा चलिरहेको पोष्टजस्तै गेमका कारण मानिसहरुको नजर पनि उनीहरुमाथि नै छ । यी समाचारमा कति सत्यता छ त्यो समय आएपछि मात्र थाहा हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *