September 19, 2024, 1:12 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

प्रधानमन्त्रीसँग लुम्बिनिका मुख्यमन्त्रीले भने, `बुटबलवाट दाङ राजधानी सार्न पैसाको कमी भयो´

साउन २७, २०८१ मा प्रकाशित | ९००दर्शक तीव्रखबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारीवृद्धितर्फ ध्यान केन्द्रित गर्न लुुम्बिनी प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

सो प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित मन्त्रीहरुसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले उपयुक्त माटोमा उन्नत जातका बाली लगाएर कृषिलाई औद्योगिकरण गर्दै त्यसको बजार विस्तार गर्न सुुझाव दिएका हुन् । “अहिले समग्र अर्थतन्त्र ओरालो लागेको छ । भवन, कार्यालय आदि संरचनामा खर्च गरेर तत्काल उत्पादन वृद्धि हुन सक्दैन । हामीसँग ऊर्बर धर्ती, पानी र हावापानी छ ।  मेहनत गरेर उत्पादन र रोजगारी बढाउन सकनिे धेरै आधारहरु छन् ।’’, प्रधानमन्त्री ओलीले भने, “यस्ता काममा हाम्रा राजनीतिक दलका सङ्गठन र कार्यकर्ता पनि लाग्नुपर्छ । तिनीहरुले जनतासँग नङ र मासुको सम्बन्ध बनाउनुपर्छ । हामीहरु नियुक्तिमा को जाने÷नजाने खालको साना विषयमा अल्झनु हुँदैन । मुुख्य कुरा, देशको विद्यमान समस्याको समाधान कसरी गर्ने भन्नेमा हाम्रो ध्यान जानुपर्छ ।’’

प्रधानमन्त्रीले अशुद्ध र विषादीयुक्त खाद्य पदार्थ तरकारी निर्यात र आयात नगर्न ध्यानाकर्षण गराउँदै जनतालाई स्वस्थ्य खाना खुवाउने प्रबन्ध गर्न सम्झाउनुुपर्ने जनाए ।

अहिलेको समीकरण र सरकार मुलुकको विशेष अवस्थाका कारण बनेको उल्लेख गर्दै उहाँले एमाले र कांग्रेस मिल्दा पनि देश बनाउन नसकिए कस्ले बनाउँछ भन्ने प्रश्न गरेका थिए ।

प्रधानमन्त्री ओलीले हाल घाटा बजेटमा सरकारहरु सञ्चालन भएकाले आफूहरुले छोडेर जाँदा यस्तो अवस्थाको अन्त्य गराउने गरी काम गर्न आग्रह गरे।

प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गर्दा कसले कति भाग लिने भन्ने खालको विवाद नगरी सहमति÷सहकार्य र जनताका लागि परिणाम दिने मुख्य विषयलाई ध्यानमा दिन पनि आग्रह गरेका छन् ।

मुख्यमन्त्री आचार्यले प्रदेशको राजधानी रुपन्देहीबाट दाङ सार्न बजेटको प्रबन्ध र समग्र पूर्वाधार विकासमा केन्द्र सरकारको सहयोगको अपेक्षा गरेका छन् ।

छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेललगायत सहभागी थिए ।

प्रतिक्रिया