November 19, 2026, 12:51 pm
» २१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै सकियो एमाले राष्ट्रिय भेला » २४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, १४८ जना घाइते » दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते » नेप्सेमा समान्य वृद्धि, ३ अर्ब ८७ करोडको कारोबार » मलेसिया श्रमिक ठगी प्रकरण : पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

नवप्रतिभा परिधी खतिवडाको ‘घरकी फूलबारी’ सार्वजनिक (भिडियो सहित)

जेष्ठ २५, २०८२ मा प्रकाशित | ४१६०४ दर्शक तीव्रखबर

काठमाडौं / बालगायिका परिधी खतिवडाको आवाजमा सजिएको बालमैत्री गीत ‘घरकी फूलबारी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। कक्षा ४ मा अध्ययनरत परिधीले प्रस्तुत गरेको यो सिर्जना बाल भावना, पारिवारिक आत्मीयता र राष्ट्रिय चेतनाको सन्देश बोकेको एक प्रेरणादायी प्रयास हो।

काठमाडौंको बानेश्वरस्थित प्रज्ञाकुञ्ज बोर्डिङ स्कुलमा अध्ययनरत परिधीको स्वरमा रहेको गीतका शब्द उनका पिता प्रमोद खतिवडाले लेखेका हुन्। पेशाले इञ्जिनियर भए पनि भावनात्मक अभिव्यक्तिमा कलम चलाउने प्रमोद यसअघि पनि विभिन्न सिर्जनात्मक गीत रचना गरिसकेका छन्।

गीतमा सविन लिम्बूले संगीत तथा एरेञ्जमेन्ट गरेका छन्, जसले परिधीको भावनात्मक स्वरलाई गहिराइ दिने काम गरेको छ। निर्देशन ‘गुरुभाइ फकीर’ले गरेका हुन्। भिडियो परिधी अध्ययनरत विद्यालय र काठमाडौं वरपरका मनोरम स्थलहरूमा छायांकन गरिएको छ।

सिर्जनामा बालमनको कल्पना मात्र होइन, देशप्रतिको माया र सामाजिक सद्भावको भावनालाई पनि समेटिएको छ। राष्ट्रिय भावनाले भरिएको बाल गीत भएकोले, यस गीतले बाल चेतनामा देश प्रतिको माया र सद्भाव जागृत गराउने आशा गरिएको छ। गीतले न्यानो पारिवारिक सम्बन्धसँगै देश र माटोप्रतिको समर्पण भावनालाई सरल शब्द र मिठो धुनमार्फत उजागर गर्ने प्रयास गरेको छ।

यसअघि परिधीले ‘लिटिल स्टार नेपाल’ प्रतियोगितामा ‘मोस्ट पपुलर कन्टेस्टेन्ट’ को उपाधि जितेकी थिइन्। गायन, नृत्य, कविता वाचन, चित्रकलालगायत विभिन्न अतिरिक्त क्रियाकलापमा रुचि राख्ने परिधीको बहुप्रतिभा यस गीतमार्फत पुनः उजागर भएको छ।

‘घरकी फूलबारी’ Paridhi Khatiwada नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। बाल स्वर, सरल शब्द र राष्ट्रिय चेतनाले भरिएको यस गीतले दर्शक श्रोताको मन जित्ने विश्वास गरिएको छ।

भिडियो लिंक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *