November 19, 2026, 12:51 pm
» २१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै सकियो एमाले राष्ट्रिय भेला » २४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, १४८ जना घाइते » दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते » नेप्सेमा समान्य वृद्धि, ३ अर्ब ८७ करोडको कारोबार » मलेसिया श्रमिक ठगी प्रकरण : पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

शनिबार गजलमय बन्दै पोखरा

जेष्ठ १५, २०८२ मा प्रकाशित | १७१०४ दर्शक तीव्रखबर

काठमाडौं,  । प्राकृतिक सौन्दर्यको नगरी पोखरा गजलमय बन्दै छ ।

पोखराकै स्रष्टा देवेन्द्र केसी  ‘देवु’का गजलहरूमा विश्व कीर्तिमानी संगीतकार एवं गायक सन्तोष श्रेष्ठले संगीत र स्वर दिएर एकल प्रस्तुति गर्ने भएका हुन्।

गजलकार एवं गजल अभियन्ता घनेन्द्र ओझासँग ‘नेपाली शास्त्रीय गजल गायनको स्वर्ण दशक (२०८०–२०९०) घोषणा गरेका श्रेष्ठले पोखरामा हुने यो प्रत्यक्ष गायन यही अभियानको एउटा पाटो रहेको बताए । ‘हामी यो अभियानलाई देशभर लैजाने तयारीमा छौँ । यसकै निरन्तरता हो यो कार्यक्रम’, संगीतकार एवं गायनक श्रेष्ठले भने, ‘हामीले शास्त्रीय गजल गायन अभियानलाई सातै प्रदेशमा गर्दै छौँ, यो गण्डकी प्रदेशस्तरीय हुने छ ।’

गजलकार देवेन्द्र ले आफू कविता, मुक्तक, गीत र गजलमा बढी पोखिन सक्ने भन्दै पछिल्लो समय गजलले आकर्षित गरेको र शास्त्रीय गजल गायनको अभियानमा संलग्न भएको बताए । उनले भने,  ‘गजल भन्नु नै गेय विधा रहेछ । लेखिएका गजलहरू गायनमा ल्याउँदाको स्वाद र स्तर फरक हुने रहेछ । म आफू पनि एउटा अभियन्ता भएकाले आफ्नै नगरीमा गजल गायन गर्ने तयारी गरेको हुँ ।’

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, गण्डकी प्रदेशले आयोजना गर्ने कार्यक्रममा पोखरा र आसपासका स्वनामधन्य स्रष्टा, संगीतकर्मी, पत्रकार, साहित्य ÷ संगीतप्रेमीको उपस्थिति हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *