September 19, 2024, 1:25 am
» भन्सार छली गरी ल्याएको मोटरसाइकलसहित एक जना नियन्त्रणमा » ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल » रवि लामिछानेलाई सहकारी ठगीमा मुद्दा चलाउनु पर्छ : गगन थापा » पाटन अस्पतालका सिनियर ल्याब टेक्निसियनविरुद्ध मुद्दा दायर » दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

कमलबहादुर शाह फेरी सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने

साउन २०, २०८१ मा प्रकाशित | ६३०दर्शक तीव्रखबर

काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले कमलबहादुर शाहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।

आइतबार बसेको प्रदेश संसदीय दलको बैठकले सो निर्णय गरेको हो । शाहले आजै मुख्यमन्त्रीमा दाबी पेश गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सुदूरपश्चिम मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ ।

कांग्रेस, नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टी मिलेर सुदूरपश्चिममा कांग्रेसका शाह नेतृत्वमा सरकार गठनको तयारी गरेका छन्।

प्रदेश प्रमुख नाजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नका लागि दाबी पेस गर्न आह्वान गरेको थिए ।

५२ सदस्यीय सुदूरपश्चिम प्रदेशमा कांग्रेसको १८, एमालेको १० र नाउपाका ७ सांसद रहेका छन् ।

प्रतिक्रिया