October 22, 2026, 5:52 am
» उपत्यकाका सडकमा सवारी चाप बढ्दै » ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन » दशैं विदामा घुम्नैपर्ने १५ विशेष गन्तव्य : पोखरादेखि रारासम्म, नेपालकै अनुपम सौन्दर्य ! » देशभर दशैंको उल्लास, मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी ! » दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

लुम्बिनीमा मन्त्रीहरुले पाए जिम्मेवारी

साउन १८, २०८१ मा प्रकाशित | ३५४०४ दर्शक तीव्रखबर

बुटवल । लुम्बिनी प्रदेशमा मन्त्रीहरुको जिम्मेवारी तोकिएको छ ।

मन्त्री बनेका आठ सांसदहरुले मन्त्री बनेको १० दिनपछि जिम्मेवारी पाएका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यसहित एमालेबाट ५ र कांग्रेसबाट ४ मन्त्रीले यहि साउन ९ गते शपथ लिएका थिए ।

सरकारले प्रदेश प्रमुख हटाएर नयाँ नियुक्तको सिफारिस गरेपछि मन्त्रीको जिम्मेवारी तोक्ने विषय ढिलाई भएको थियो ।

शुक्रबार लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्ती मगरले पदभार ग्रहण गरेसँगै मन्त्री परिषद्ले मन्त्रीहरूको कार्य विभाजन भएको हो ।

कार्य बिभाजनमा बादशाह कुर्मीलाई वन तथा वातावरण मन्त्रालय, भूमिश्वर ढकाललाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, दिनेश पन्थीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी, धनेन्द्र कार्कीलाई आर्थिक मामिला तथा योजना, सरोज थापालाई शहरी विकास र प्रचण्डविक्रम न्योपानेलाई उद्योग मन्त्रालय, खेम बहादुर सारुलाई स्वास्थ्य र सीता शर्मालाई ऊर्जा ,जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *