November 19, 2026, 12:51 pm
» २१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै सकियो एमाले राष्ट्रिय भेला » २४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, १४८ जना घाइते » दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते » नेप्सेमा समान्य वृद्धि, ३ अर्ब ८७ करोडको कारोबार » मलेसिया श्रमिक ठगी प्रकरण : पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान मधेश प्रदेशको नेतृत्वमा रुद्रसेन निर्वाचित

चैत्र २९, २०८१ मा प्रकाशित | २३५०४ दर्शक तीव्रखबर

महोत्तरी,  । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल, मधेश प्रदेशको प्रथम अधिवेशनवाट रुद्रसेन विश्वकर्मा निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन ।

शुक्रबार भएको अधिवेशनले विश्वकर्माको नेतृत्वमा १४ सदस्य निर्वाचित गरेको हो ।
वरिष्ठ उपाध्यक्षमा इन्द्र सिलवाल, महिला उपाध्यक्षमा हेम कुमारी वराल(सुनिता), सचिवमा विनोद ढुंगेल, कोषाध्यक्षमा राधा गौतम र स-सचिवमा विकास पाण्डे निर्वाचित भएको प्रतिष्ठानले जनाएको छ ।

सदस्यहरुमा भने तेजनारायण सर्मा, सरोज सन्त, सोरथा लामा, सर्मिला रमौली, रुवि झा, निर कुमारी विश्वकर्मा, रमा सर्मा ढकाल र आशा तोलाङ्गे निर्वाचित भएको नवनिर्वाचित सचिव विनोद ढुंगेलले जानकारी दिए ।
यसअघि तदर्थ समितीको समेत नेतृत्व गरेका रुद्रसेन बिश्वकर्मा दोहोरिएका छन भने अन्य पदाधिकारीहरुमा नयाँ अनुहार छन ।
मौलिक संस्कार र सस्कृतिलाई एकाकार गर्दै लोक संस्कृतिको जगेर्नामा नवनिर्वाचित नेतृत्वले महत्वपूर्ण काम गर्ने विस्वास लिइएको छ ।
छोटो समयमा नै देशव्यापी विस्तार भएको प्रतिष्ठानले सराहनीय काम गरेको वताउदै मधेशका चर्चित लोक सर्जक समेत रहेका बिस्वकर्माको नयाँ उचाई लिने प्रमुख अथितिकोरुपमा सहभागी नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले वताए । -विशाल बस्नेत

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *