October 22, 2026, 7:54 am
» दशैंको टीकाको दोस्रो दिन : मान्यजनबाट टीका–जमरा ग्रहण गर्नेक्रम जारी » उपत्यकाका सडकमा सवारी चाप बढ्दै » ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन » दशैं विदामा घुम्नैपर्ने १५ विशेष गन्तव्य : पोखरादेखि रारासम्म, नेपालकै अनुपम सौन्दर्य ! » देशभर दशैंको उल्लास, मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी !

भारतको केरलामा बाढी र भूस्खलनमा मृत्यु हुनेको संख्या १४४ नाघ्यो

साउन १६, २०८१ मा प्रकाशित | १९५०४ दर्शक तीव्रखबर

काठमाडौँ । भारतको केरलाको वायनाडमा आएको बाढी र मुस्खलनमा मृत्यु हुनेको संख्या १४४ पुगेको छ ।

केरलाको मुख्यमन्त्रीको कार्यालयले अहिलेसम्म १४४ जनाको मृत्यु भएको र १९२ जनाको अस्पतालमा उपचार भइरहेको जनाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

घटनामा बेपत्ता हुनेको संख्या ९८ पुगेको बताइएको छ ।

प्राकृतिक विपदबाट ठुलो संख्यामा मानिसले ज्यान गुमाएपछि राज्यमा दुई दिनको शोकको घोषणा गरिएको छ ।

अहिले उद्धार कार्यमा एनडीआरएफ, कन्नूर डिफेन्स सेक्युरिटी कोर र वायुसेनाका हेलिकप्टर संलग्न रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

केरलाको प्रकोप व्यवस्थापन विभागले मानिसहरूलाई पहिरोको सम्भावना भएका ठाउँहरूबाट टाढा रहन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *