काठमाडौँ । महर्षि महेश योगीका नाममा धेरै संस्था चलाएर डलरको खेती गर्दै आएका पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बास्कोटा र उनको परिवारले पाँचथरको एक क्याम्पसमा लाखौँ दान गरेपछि तत्कालिन अवस्थामा राजश्व अनुसन्धान विभागले छानबिन गरेको रहस्य खुलेको छ ।
बास्कोटाले दान गरेको नगदको स्रोत नखुलेपछि राजश्व अनुसन्धान विभागले छानबिन गरेको हो । छानबिनकै क्रममा बास्कोटा परिवारले एक व्यक्ति खटाएर विभागका कर्मचारीको समूहलाई लाखौँ खुवाएर मिलाएको फाउन्डेसन स्रोतले जनाएको छ । अमेरिकी नागरिक राजा किंग्स्ली ब्रुक्सले अमेरिकामा रहेका महर्षि महेश योगीका चेलाहरुबाट उठाएर ल्याउने करोडौँ डलरले महर्षिका नाममा नेपालमा आधा दर्जन संस्था चलाएका छन् ।
ती आधा दर्जन संस्थामा आउने पैसा (डोनेशन) बास्कोटाले पाँचथरमा आफू संचालक समितिको अध्यक्ष रहेको क्याम्पसमा भागवत महायज्ञमा दान गरेको भनी सार्वजनिक गरेका थिए । यही तथ्य सार्वजनिक भएपछि राजश्वले यस विषयमा छानबिन गरेको थियो । बास्कोटाले करोडौँ खुवाएर राजश्वको केस मिलाएर दीपकप्रकाश फाउन्डेसन भन्ने संस्था दर्ता गरेका छन् । विदेशीबाट आउने स्रोत खोल्न नसकिने पैसा बास्कोटाले आफ्नो नाममा खुलेको फाउन्डेसनमा जम्मा गर्ने गरेका छन् ।
यस सम्बन्धमा थप खोजी भइरहेको छ । फाउन्डेसनमा पैसा ल्याउने राजा किंग्स्ली ब्रु्क्सले नै आधा पैसा लैजाने र आधा बास्कोटा परिवारले मिलीजुली अपचलन गर्ने गरेका छन् । अमेरिकी दाताबाट आएको करिब पाँच प्रतिशत बजेटमात्र नेपालका गतिविधिमा खर्च हुने गरेको र त्यसमा पनि धेरै बास्कोटा परिवारले नै भ्रष्टाचार गरी अपचलन गर्ने गरेको सोही संस्थाका एक सदस्यले स्रोत नखुलाउने सर्तमा आरोप लगाएका छन् ।
उल्लेखित आरोपका विषयमा नेपाल महर्षि वैदिक फाउण्डेसनका अध्यक्ष बास्कोटासंग प्रतिकृया लिन उनको मोवाइलमा सम्पर्क गर्दा तीव्रखबरको एक वटा नम्बर व्लाक लिष्टमा राखिएको पाइयो । साथै अर्काे ल्याण्डलाइन नम्बरबाट प्रतिकृया लिँदा तीव्रखबरबाट भन्ने वित्तिकै ‘मिटिङमा छु’ भन्दै फोन काटिदिए । सत्य, तथ्य जानकारी दिन नचाहनुले पनि फाउण्डेसनमा कतिसम्म अनियमितता हुने गरेको छ भन्ने कुरालाई प्रमाणित गरेको छ । साथै सो फाउण्डेसनमा हुने अनियमिततको अध्ययन गरि तथ्य समाचार प्रकाशन गर्न सो फाउण्डेसनका नाममा तीव्रखबरका प्रधान सम्पादक मनोज खतिवडाले पटक–पटक सुचना माग गर्दा समेत सुचना उपलब्ध नगराउनुले फाउण्डेसनमा हुने अनियमिततको पुष्टि गरेको छ ।
भिडियो हेर्नुहोस्
यो पनि पढ्नुहोस्
वैदिक फाउन्डेसनको पैसा दुरुपयोग गर्न अर्काे फाउन्डेसन खोलेको खुल्यो रहस्य
महर्षि वैदिक फाउन्डेसनमा अनियमितता : मलाई केही नसोध्नु – अध्यक्ष बास्कोटा
महर्षि वैदिक फाउन्डेसनमा अनियमितता : पूर्व गृहराज्यमन्त्री बास्कोटाको परिवारले गरे करोडौँ अपचलन
प्रतिक्रिया