September 16, 2024, 7:26 pm
» परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान » नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो » स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता » रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर » जुम्लामा उत्पादीत स्याउले बजार नपाएको सांसद शाहीको गुनासो

आईपी टेलिभिजन सेवा थाल्दै नेपाल टेलिकम

पुस ९, २०७७ मा प्रकाशित | ५८९०दर्शक तीव्रखबर

७ पुस, काठमाडौं । नेपाल टेलिकमले अब आफ्नै आईपी टेलिभिजन सेवा दिने भएको छ । कम्पनीका अनुसार आगामी अंग्रेजी नयाँ वर्षबाट टेलिकमले आईपी टीभी सेवा दिन तयारी गरेको हो ।

टेकिलमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार टेलिभिजन सेवाका लागि अहिले परीक्षण प्रसारण भइरहेको छ।जनवरी १देखि सेवा सुरु गर्न विभिन्न तयारी अघि बढाइएको उनले बताए ।

अहिले विदेशी टेलिभिजनका क्लिन फिड कन्टेन्ट र प्याकेजलाई सेवामा जोड्ने काम धमाधम भइरहेको कम्पनीले बताएको छ ।

टेलिकमको एफटीटीएच (फाइबर टु दि होम) मार्फत इन्टरनेट सेवा लिइरहेका ग्राहकले अब टेलिकमकै आईपी टीभी चलाउन पाउनेछन् ।यो सेवा सुरु भएपछि टेलिकमका एफटीटीएच इन्टरनेटका ग्राहकले टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा एउटै सीपीईबाट पाउन सक्नेछन् ।

एउटै सीपीईबाट टेलिफोन, इन्टरनेट र टेलिभिजनको सेटटप बक्समा लाई लैजान सकिनेछ ।

‘यसले टेलिकमको सेवामा मूल्य अभिवृद्धि गर्छ,’ उनले भने,’ग्राहकलाई घरमा टेलिफोन, इन्टरनेट र टेलिभिजनका लागि छुट्टाछुट्टै सेवा प्रदायक खोजीरहन पर्दैन ।’

टेलिकमले यसका लागि व्यवसायिक योजना पनि ल्याउन तयारी गरेको छ । आईपी टीभीको सहुलियत दरको सेवा शुल्कसहितको बजार रणनीति तय गरेर इन्टरनेटका ग्राहकहरु बढाउने योजनामा टेलिकम छ ।

अहिले विभिन्न निजी स्तरका इन्टरनेट सेवा प्रदायकले आईपी टिभी सेवा दिइरहेका छन् । प्रवन्ध निर्देशक अधिकारीका अनुसार आईपी टीभी लगत्तै टेलिकमले निकट भविष्यमै आफ्नै मोबाइल टेलिभिजनको ‘ओटीटी (ओभर दि टप) पनि सञ्चालनमा ल्याउने छ । अहिले निजी सेवा प्रदायकमार्फत मात्रै टेलिकमले मोबाइल टीभीको ओटीटी सेवा दिइरहेको छ ।

प्रतिक्रिया