October 22, 2026, 7:55 am
» दशैंको टीकाको दोस्रो दिन : मान्यजनबाट टीका–जमरा ग्रहण गर्नेक्रम जारी » उपत्यकाका सडकमा सवारी चाप बढ्दै » ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन » दशैं विदामा घुम्नैपर्ने १५ विशेष गन्तव्य : पोखरादेखि रारासम्म, नेपालकै अनुपम सौन्दर्य ! » देशभर दशैंको उल्लास, मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी !

नेप्से २७ सय विन्दु नजिक, १७ अर्ब २६ करोडको सेयर कारोबार

साउन १५, २०८१ मा प्रकाशित | २३८०४ दर्शक तीव्रखबर

काठमाडौं : साताको तेस्रो सेयर कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन मंगलबार २० अंकले करेक्सन आएको बजारमा आज ३५.५५ अंकले बढेर परिसूचक २६९६.६५ विन्दुमा पुगेको हो।

नेप्से बढे पनि कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ। यसदिन ३२९ स्क्रिप्सको ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता सेयर १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार ५४२ रुपैयाँमा खरिदबिक्री भए।
सोमबार १९ अर्ब ६० करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको थियो। आइतबार १५ अर्ब ८१ करोडको सेयर कारोबार भएको थियो।

नेप्से दोहोरो अंकले बढ्दा ६ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आधा दर्जन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा एसियन हाइड्रोपावरका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो।

यसदिन कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ६० करोड मूल्य बराबरको सेयर कारोबार भयो। यसैगरी शिवम् सिमेन्टले ३७ करोडको सेयर कारोबार गर्दा सोल्टी होटलले ३६ करोड,नेपाल फाइनान्सले ३५ करोड र चिलिमे हाइड्रोपावरले २७ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

चार समूहको उपसूचकबाहेक अन्यको  सूचक सकारात्मक देखिएका छन्। बैंकिङ,म्युचुअल फण्ड,नन लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचकबाहेक अन्यको उपसूचक सकारात्मक देखिएका हुन्। यसदिन फाइनान्स र होटल एण्ड टुरिजम समूहको उपसूचक ५ प्रतिशत बढिले वृद्धि भयो।

कारोबारमा आएका १८९ स्टकको मूल्य बढ्दा ४७ वटाको घट्यो भने ६ वटाको मूल्य स्थिर रह्यो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *