September 19, 2024, 4:57 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

फिल्म ‘ह्रस्व दीर्घ’ को पोस्टर सार्बजनिक

साउन १४, २०८१ मा प्रकाशित | ५६०दर्शक तीव्रखबर

काठमाडौँ । संविधान दिवसको अवसर पारेर आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।

पोष्टरमा हरिहरसँगै पोस्टरमा प्रशान्त ताम्राकार, ‘गजनी’ भिलेन प्रदीप रावत, ‘पुष्पा’ भिलेन सुनिल वर्मा र साउथ अभिनेता कबीर दुहन सिंह पनि चित्रित छन् ।

उनीहरुको आँखामा रिसको ज्‍वाला देखिन्छ । सुनिलको लुक्सले ‘पुष्पा’ कै झल्को दिन्छ । प्रदीप भने निधारमा तिलक र घाँटीमा रुद्राक्षको माला लगाएर पण्डितझैँ देखिएका छन् । फिल्ममा साउथबाट ब्रम्हानन्दम र अलीको पनि अभिनय छ ।

चन्द्र पन्तको डेब्यु निर्देशनमा तयार भएको फिल्ममा नीता ढुंगाना, सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, किरण केसी, बुद्धि तामाङ, गरिमा शर्मा, रवीन्द्र झा, नरेन खड्का, आदर्श मिश्र आदिको पनि अभिनय छ । यो फिल्मबाट विपनाले करिब १३ वर्षपछि कमब्याक गरेकी हुन् । नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको ‘ह्रस्व दीर्घ’को कार्यकारी निर्मातामा धनन्जय गलानी रहेका छन् ।

हरिहर अधिकारीको कथा एवं प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई बलिउड छायाँकार कवीरलालले खिचेका हुन् । उनले ‘वेलकम ब्याक’, ‘परदेश’, ‘दिल आपके पास है’ जस्ता थुप्रै हिन्दी फिल्म खिचेका छन् । नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुने यो फिल्मलाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।

प्रतिक्रिया