एनआईसि बैंकको अबैधधन्दामा राष्ट्र बैंकको संलग्नता : सो बैंकको नाम म्यासेजमा देखेपछि प्रबक्ता भट्टले उठाएनन फोन

- February 15, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । बैंक तथा बित्तीय क्षेत्रको नियमन गर्ने सर्वोच्च निकाय नेपाल राष्ट्र बैंक नै विद्यमान ऐन नियम विपरित सञ्चालनमा आएको एनआईसि एसिया बैंकको अबैधन्दामा संलग्न रहेको आरोप लागेको छ । पटकपटक राष्ट्र बैंकले जारी गरेको निर्देशनलाई समेत लत्याउदै आएको एनआईसि बैंकमाथी कारबाही गर्नुभन्दा पनि झन काखी च्यापी उन्मुक्ती दिदै आएकै कारण अहिले ऋणीको घर र पसलमा ऐन विपरित सुरक्षागार्ड राख्दै आतंक नै मञ्चाउदाँ समेत सम्बन्धित निकायको ध्यान गएको छैन् ।

बैंकको गार्डलाई ब्याक्ती घर र पसल पसलमा डिउटी गर्न लगाएर जवरजस्ती सुरक्षागार्ड वापत भनेर मोटो रकम समेत थप असुली गर्दै आएको भेटिएको छ । सो बैंकले ठूलो अक्षरमा ‘बैंकपनि साथी पनि’ भन्ने नारा लेखेर ऋणीहरुलाई भने ‘शत्रु’ को ब्यावहार गर्दै आएको पीडित व्यवसायीहरुले दुःखेशो पोखेका छन् ।

सो बैंकले विद्यमान अधिकार र ऐन विपरित गएर घर र पसलमा सुरक्षागार्ड परिचालन देशभर एकै साथ गरेको छ । संघिय राजधानी काठमाडौंदेखि जिल्ला जिल्लामा कुनै पनि निकायबाट अनुमति नदिई सुरक्षाकर्मी राखेर दादागीरि नै गर्दै आएपनि राष्ट्र बैंकले भने सो अबैधधन्दालाई कुनै ध्यान दिएको छैन ।

राम्रो पनि हाम्रो पनि भन्दै सेवाग्राहीलाई आकर्षण गरेर ऋण प्रवाह गरेपछि विभिन्न शिर्षक उपशिर्षकमा अत्याधिक सेवा शुल्क जोडेर असुली गर्दै आएको सो बैंकको कारोबारमा समेत राष्ट्र बैंकले आँखा चिम्लिएर बसेको छ । राष्ट्र बैंककै कर्मचारीको मिलिमतो र भित्री योजनामै अहिले सो बैकले ऋणीको घर र पसलमा सुरक्षागार्ड परिचालन गरेको पीडितहरुको आरोप रहेको छ ।

काठमाडौं जिल्लाको सुकेधारामा कार्यलय रहेको डिलक्स सेक्यूरेटी नामक कम्पनीका जवानहरुलाई परिचालन गरेको छ । सबै भन्दा धेरै सेवा विस्तार गर्दै सेवा दिएको भनी भ्रामक प्रचार गरेर बैकले बचतकर्तालाई लुट्दै समेत आएको छ । सो बैंकको अबैध कृयाकलापमा राष्ट्र बैंकले कारबाही नगर्दा एउटा चेकको पैसा अर्कैको खातामा हालिदिने जस्ता जघन्य आर्थिक अपराध गर्दा समेत राष्ट्र बैंकले कारबाही गरेको छैन ।

यसरी आर्थिक अपराध गर्दै आएको सो बैंकले ठेकेदारसँग मिलेर सूचना चुहाउने, अर्को बैंकमा ऋण सार्न नदिने, ऋण दिने भन्दै व्यापारीहरूलाई बोलाउदै उल्टो ऋण स्वीकृत गरिदिए वापत ३० प्रतिशत कमिशन माग्ने गरेको बताइएको छ । अरु बेला सो बैंकले ऋण उठाउन सेक्यूरेटीलाई ऋणीको ब्यावसायमा डिउटीमा राखेर विद्यमान ऐन कानुनको र सरकारी नियमको समेत धज्जी उठाएको छ ।

यसरी सुरक्षागार्ड झापाको पथरी शनिश्चरेमा पनि बाग्लो रुपमा राखेको छ । शनिश्चरेमा इलेक्ट्रिक पसलमा ऋण उठाउन भन्दै सेक्यूरेटी गार्ड राखेको पाइएको छ । बैकका सेक्यूरेटी पसलमा बस्न थाले पछि हुँदै गरेको ब्यावसाय समेत हुन थालेकाले व्यवसायीहरु थप पीडामा परेर आत्महत्याको बाटो समेत रोज्ने अबस्थामा पुगेको बताएका छन् ।

बैकको ऋण उठाउन गएका कर्मचारीले ब्यावसायीलाई पसल वा घर तत्कालै लिलाम गर्ने भन्दै धम्काउदै समेत आएको बताएको छन् । सुरुमा सेक्यूरेटी राख्दा विना परिचयपत्र, विना पोसाकका व्यक्तीलाई राख्दै आएको थियो । पछि भने सुरक्षागार्डको पोशाकमा प्रति पसल र घर मा एक÷एक जनाको दरमा सुरक्षागार्ड खटाएको छ ।

भने एकतर्फी रुपमा जबरजस्ती प्रति दिन १ हजार रुपैयाँको दरमा सुरक्षागार्ड शुल्क भनेर अतिरिक्त रकम समेत बैंकले असुली गर्दै आएको छ । एकातर्फ सुरक्षागार्डलाई भने मासिक रुपमा १० हजार रुपैयाँ दिने गरेको एक गार्डले नाम नलेख्ने सर्तमा बताए । ती गार्डले भने,‘ हामीलाई त अफिसले खटाएको ठाँउमा जाने हो, १० बजेदेखि ५ बजेसम्म बसेर फिर्किने गरेका छौ, सो वापत मासिक १० हजार रुपैयाँ सुख्खा काम गर्नु परेको छ ।’

यसरी बैंक र सेक्यूरेटी कम्पनीका सञ्चालक बीचको अबैध साँठगाँठमा एक सुरक्षागार्ड वापत मासिक ३० हजार रुपैयाँ असुली गरेर १०/१० हजार रुपैयाँ भने भागबण्डा गरेर अनियमितता समेत गर्दै आएको खुलेको छ । सो कार्यमा नेपाल राष्ट्र बैंक, एनआईसि एसिया बैंक र सम्बन्धित सेक्यूरेटी कम्पनीबीचको त्रिकोणत्मक साँठगाँठमा असुलीधन्दा चलाउदै आएको आरोप समेत लागेको छ ।

सो सम्बन्धमा पटकपटक राष्ट्र बैंकका प्रबक्ता गुणाकर भट्टलाई फोन सम्र्पक गर्दा उनले फोन रिसिभ गरेनन् भने उनलाई एनआईसि बैंकको अबैधधन्दाको बारेमा केही कुरा बुझ्नु छ, भनी परिचय खुलाएर म्यासेज पठाउदाँ समेत प्रबक्ता भट्टले फोन रिसिभ नै गरेनन् । उता एनआईसि एसिया बैंकको प्रमुख कार्यकारि अधिकृत रोशन न्यौपानेलाई पनि फोन गर्दा सो बैंकको फोनको रिङ टोनमा बैंकको गुणगान गाएको सन्देश मात्र आउने गरि सेटिङ मिलाएका कारण सम्र्पक हुन सकेन ।

यसै विषयलाई लिएर एनआईसि एसिया बैंकको केन्द्रीय कार्यालयमा जादाँ समेत विभिन्न बहना बनाएर भेटगर्नबाट रोकिएको छ । एकातर्फ राष्ट्र बैंकका कर्मचारीनै एनआईसि एसिया बैंकको अबैधधन्दाको बारेमा प्रश्न गर्न लागेको भन्ने थाहा पाउना साथ सम्र्पकमै आउन नचाहनुलाई भने अहिले महत्वपूर्ण रुपमा लिएको छ ।

व्यापारमा समस्या रहेका कारण केही महिना ब्याज तिर्न नसक्ने बैंकलाई जानकारी गराएउदाँ समेत बैंकले गुण्डा परिचालन गरेर घरघरमा आई धम्काउने कार्य समेत गरिदै आएको आरोप पीडितहरुको रहेको छ। लकडाउनका कारण व्यापारमा आएको तरलताका कारण अहिले अधिकाशं व्यवसायीहरु मर्कामा परेको बताइएको छ ।

बैंकले समेत विभिन्न शिर्षकका नाममा लिएको ऋणलाई मिटर व्याजकै रुपमा जोडेर महिनामै १ लाख ७५ हजारभन्दा बढी व्याज ऋणमा जोड्दै आएर ठगीधन्दा समेत चलाउदै आएको छ । राम्रो नारा दिने तर काम भने नराम्रो गर्दै आएको एनआईसी एसिया बैकको ब्यावहार भने ठिक विपरीत गर्दै आएकोे छ ।

एनआईसिले सस्तो ब्याज भन्दै भ्रामक प्रचार गर्दै आएको छ । भने ऋण प्रवाह गरेको २÷४ महिनाभित्रै तोकिएको ब्याजदर बृद्धि समेत गर्ने गरेको छ । इटहरीका व्यवसायीहरु पनि अत्याधिक रुपमा सो बैकबाट पीडित भएको बताएका छन् । बैकको बेइमानीका साथ सुरुमा एउटा ब्याजदर भनेर ऋण दिने पछि विना जानकारी बढाउँदै लैजाने गरेको छ ।

राष्ट्र बैंकले कारबाही नगर्दा यस्ता घटना एनआईसी बैंकका सञ्चालकलाई भने सामान्य बनेको छ । सो बैंकबाट अनेक दुःख र चर्को व्याजदरमा असुली गर्दै जबरजस्ती लिलाम खादै आएको गुनासो पटकपटक राष्ट्र बैंकमा दर्ता गर्दा समेत कुनै कारबाही नभएको दुखेबो पीडितहरुले गरेका छन् । अनौपचारिक रुपमा सो बैंकका एक कर्मचारीले भने,‘यहाँ जागिरको सवाल रहेको छ, बैंकले जवरजस्ती सेक्यूरेटी गार्ड राखे छ । सो बारे विभिन्न् ठाउँबाट सोध्न फोन आउन थालेपछि फोनमा बैंकको सन्देश भरेर छोडिदिएको छ ।’

सो बैंकले बैंक वित्तीयको कुने ऐन र नियम अनी राष्ट्र बैंकले जारी गरेको कुन ऐन र नियमकासाथै कुन नियमावली अनुसार सुरक्षागार्ड परिचालन गरियो भन्ने आधार भने कहि कतै भेटिएको छैन । यसरी विना अधिकारी र अनुमति विना ऋणीको घर र पसलमा विना जानकारी सुरक्षागार्ड राखेपछि अधिकाशं व्यवसायी भने मानिशिक पीडामा समेत परेको बताएका छन् । सो सम्बन्ध थप विवरण तीव्रखबरको क्राईम व्यूरोले जारी राखेको छ ।

यो पनि पढ्नुहोस्

राष्ट्र बैंक बेखबर : एनआईसी एसियामा जयबहादुरको यस्तो कर्तुत

नेपाल इन्जिनियरिङ कलेजका कर्मचारीले घेरे एनआईसी एशिया बैंक

ऋणीको जग्गा  हडपेको एनआईसी एशियाको एउटै मुद्दा लड्न २३ जना वकील

मिटरब्याजकै शैलीमा एनआईसी एसिया बैंकको ब्याजदर आतंक !

एनआईसी एशिया बैंककाे सर्वोच्च अदालत भित्रै गैरकानुनी हर्कत

नेपाल एक्स टु सेक्युरीटी सर्भिसको ठगी, पिडित सुरक्षागार्डको यस्तो रोदन

 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!