राष्ट्र बैंक बेखबर : एनआईसी एसियामा जयबहादुरको यस्तो कर्तुत

- June 29, 2018 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-पवित्र शर्मा

काठमाडौं । एनआईसी एसिया बैंकले नेपाल राष्ट्र बैंकको नीतिलाई लत्याएको एउटा यस्तो उदाहरण सार्वजनिक भएको छ की जुन उदाहरणले यतिबेला उक्त बैंकभित्र अन्य कति कर्तुत छन् होला त, भन्ने जिज्ञासा आम सर्वसाधारणमा उत्पन्न हुनसक्छ ।

नेपाल राष्ट्र बैंकको नीति अनुसार कुनैपनि बैंकका संचालक वा कर्मचारीको एकाघरका परिवारले संचालन गरेको कुनैपनि सेक्युरिटी कम्पनीको ठेक्का कुनै बैंंक तथा वित्तिय संस्थाले लिन नपाउने कानुनको ठाडै उलंघन एनआईसी एसिया बैंकले गदै आएको छ । उक्त बैंकले आफ्नै कर्मचारीसंगको साठगाँठमा ठूलै रकम हात पारेर सोही बैंकका एक कर्मचारीको बुबा संचालक रहेको नेपाल एक्स टु सेक्युरीटी सर्भिसलाई नीति विपरित ठेक्का दिाएको बताइएको छ । उक्त सुरक्षा गार्ड ठेक्कामा मोटो कमिशन प्रमुख कार्यकारी अधिकृतसम्म पुग्ने गरेको आरोप स्रोतको छ ।

एनआईसी एसिया बैंकको सेक्युरिटी अफिसर पदमा जागिरे रहेका जयबहादुर खत्री केसीको मिलेमतोमा उक्त बैंकले खत्रीका बुबा पदमबहादुर खत्री प्रवन्ध निर्देशक रहेको नेपाल एक्स टु सेक्युरीटी सर्भिसलाई सुरक्षागार्डको ठेक्का दिइएको खुलासा भएको छ । एकाघरका परिवारका कुनैपनि सदस्य जागिरे वा संचालक रहेको बैंकमा सोही परिवारका अर्का सदस्यले संचालन गरेको सेक्युरिटी कम्पनीबाट सुुरक्षागार्ड राख्न नपाउने कानुनी प्रावधान रहेको छ । यसरी खुलेआम मिलेमतोमा सो बैंकले उक्त सेक्युरिटी सर्भिसलाई सुरक्षागार्डको ठेक्का दिनुलाई अर्थपूर्ण रुपमा लिन्छन् बैंकका अन्य कर्मचारीहरु ।

उक्त सेक्युरीटी सर्भिसले राष्ट्र बैंकको नीति विपरित एनआईसी बैंकमा सुरक्षागार्डको ठेक्का कमिसनको भरमा दिँदै आएको खुलासासंगै विभिन्न बैंकहरुले ठेक्का नविकरण नगर्ने तयारी गरेको समाचारस्रोतको दावी छ । सो सर्भिसले यतिबेला विभिन्न बैंक तथा वित्तिय संस्थाको साथै विभिन्न कम्पनीका सिईओहरुलाई झोलामा पैसा बोकेर आफ्नो कम्पनीको नविकरण गरिदिन भन्दै माल बाढ्न थालेको पनि सोही कम्पनीमा कार्यरत एक कर्मचारीले नाम नखोल्ने शर्तमा तीव्रखबर प्रतिनिधीलाई खुलासा गरेका हुन् ।

नेपाली कांग्रेसका नेता रामशरण महतको नाम भजाउँदै, महतको आफ्नै मान्छे भएको भन्दै महतको नाम बेचेर सुरक्षागार्ड सप्लाई धन्दा सो सेक्युरिटीगार्ड कम्पनीले गर्दे आएको बताइएको छ । उक्त कम्पनीले यसरी सुरक्षा गार्ड ठेक्का प्रकरणमा नेता महतको नाममा ठगी धन्दा गर्दे आएको विषयमा नेता महतलाई जिज्ञासा लिँदा आफुले उक्त कम्पनीको कोही पनि नचिनेको बताएका छन् ।

हुन त, सो सर्भिसले आफ्ना कर्मचारीहरुलाई समेत श्रम ऐन विपरित नियुक्ति गर्दै श्रम शोषणसमेत गर्दै आएको बताइएको छ । आवद्ध आठ सय छपन्न सुरक्षागार्डहरुले आर्थिक एवं श्रम शोषण भएको गुनासो गरेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!