मुल्यबृद्धि नियन्त्रण बाहिर : पुरानोमै नयाँ मूल्यको स्टिकर टाँसेर मंहगोमा बिक्री

- March 19, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

 

रोशन कार्की
काठमाडौं । नेपाल पछिल्लो समय राजनीतिक अवस्था अस्थिरता तर्फ गएको फाईदा उठाउदै व्यवसायीहरुले अत्याधिकमात्रामा अत्याबश्यक बस्तुको मुल्यबृद्धि गरेका छन् । लामो समयदेखि गोदाममा स्टोर गरेर राखिएका बस्तुहरुलाई विभिन्न बहना बनाई अहिले आफुखुशी मुल्यबृद्धि गरेर बिक्री गर्दै आएपनि सरकारी निकायको भने ध्यान जान सकेको छैन ।

जसको प्रभाव नेपाली बजारमा पर्न परेको छ । नेपाली बजारमा पछिल्लो तीन महिनादेखि खाने तेल तथा खाद्यान्नको मूल्य उच्च रुपमा बृद्धि हुँदै गएको छ । नेपालमा कोरोना सुरु भएको चार महिनासम्म लकडाउन भएपनि बजार मूल्य स्थिर थियो । चार महिनापछि भने बजारमा तरकारी, फलफूल लगायत खाद्यान्नको मूल्य लगातार रुपमा बृद्धि हुँदै गएपनि त्यसको नियन्त्रण गर्न भने सरकारmे चाहेको छैन ।

कोरोनाको प्रभावले रोजगारी गुमाएर बसेका आम उपभोक्ताको ढाड सेक्ने गरी बढेको मूल्यले धेरै उपभोक्ताको चुलो बल्न सकेको छैन । खाने तेल तथा खाद्यान्नको मूल्य बजारमा अत्याधिक रुपमा बढ्न थालेपछि उपभोक्ता मारमा पर्न थालेका छन् । खुद्रा व्यापारीहरुका अनुसार बजारमा होलसेलबाट नै मूल्यबृद्धि भएर नयाँ मूल्यको स्टिकर टाँसेर आएकाले त्यही मूल्य अनुसार बेच्ने गरेको बताउदै आएका छन् । व्यवसायीहरुले प्रतिलिटर २५० रुपैयाँसम्म मूल्यबृद्धि गरि बेच्दै आएका छन् ।

त्यस्तै, बजारमा गेडागुडीको मूल्यमा पनि अत्याधिकमात्रामा बृद्धि गरिएको छ । हरियो केराउको मूल्य प्रतिकेजी २० रुपैयाँले बढेको छ भने अन्य गेडागुडीको मूल्यमा पनि भारीमात्रामा बृद्धि भएको छ । कुखुराको मासु र अण्डामा पनि आफुखुशी मूल्यबृद्धि गरिएको छ । पूर्वाधार तथा विकास निर्माणजन्य सामाग्रीमा पनि भारीमात्रामा मुल्यबृद्धि गरिएको छ ।

निर्माण सामग्रीको मूल्यवृद्धिको प्रत्यक्ष असर आम उपभोक्तामा परेको छ । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा साताकै ३ पटक सम्म मुल्यबृद्धि गरि उपभोक्ताको ढाँड सेक्ने काम गर्दै आएको छ । प्रतिलिटर ५ रुपैयाँका दरले वृद्धि गरे अहिले पेट्रोल प्रतिलिटर १ सय ५५ रुपैयाँ पु¥याएको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेल बनाउन प्रयोग हुने कच्चा पदार्थको मूल्य बढेर आएकाले तेलको मूल्य बढेको र निगम घाटामा भएको भन्दै मुल्यबृद्धि गर्दैै आएको छ । बजारमा उपभोग्य वस्तु खाने तेलको उत्पादक अमृत, कुक, रामदेव, धारा, सनफ्लो, स्वस्तिक लगायत ब्रान्डका तेलको मूल्यमा भारी बृद्धि गरिएको छ । अहिलेको बजार अनुगमन देखावटी मात्रै रहेको र नियमनकारी निकायका कर्मचारीले नै व्यापारीको भाषा प्रयोग गर्ने भएकाले कालोबजारी र मूल्यबृद्धि गर्ने व्यवसायीहरुको मनोवल उच्च हुदै गएको आरोप उपभोक्ताबादीहरुको रहेको छ ।

उपभोक्ता अधिकारकर्मी तथा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनका अनुसार अहिले नियामक निकायले गर्ने अनुगमन नै एक औपचारिकतामात्रा भएको बताएका छन् । उनले उपभोक्ताको हितका लागि भन्दा पनि व्यापारीको हितका लागि काम भएकाले बजार मूल्य नियन्त्रण हुन सकेको जनाएका छन् ।

अहिले अनुगमनकारी निकाय र व्यवसायीसँगकै मिलेमतोमा ठूलालाई कालोबजारी गर्नेलाई उन्मुक्ति र सानालाई जरिवाना समेत गरिदै आएको उपभोक्ताबादीहरुको आरोप रहेको छ । त्यसैले बजार सुधार गर्न उद्योग र आयातकर्तालाई कानुनी दायरामा ल्याउनु आवश्यक रहेको अध्यक्ष महर्जनको भनाई छ ।

मञ्चका अध्यक्ष महर्जनले बजार नियमनकारी निकायको बजार अनुगमन बजार सुधारभन्दा राजस्व संकलनमा केन्द्रीत भएकाले मूल्यबृद्धि नियन्त्रण बाहिर गएको बताए । बजारमा भएको कालोबजारी तथा मूल्यबृद्धि नियन्त्रणको जिम्मा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग भने अहिले निस्कृय भएर बसेको छ । विभागले विभिन्न समूह बनाएर बजार अनुगमनलाई तिव्रता दिइरहेको बताएपनि नियन्त्रण भने हुन सकेको छैन ।

कालोबजारी तथा अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ ले कालोबजारीका घटनामा एक वर्षसम्म कैद र १० लाख रुपैंयाँसम्म जरिवानाको व्यवस्था गरेको छ । साथै उक्त कानुनमा प्रत्येक थोक वा खुद्रा विक्रेताले नेपाल सरकारले तोकिदिएको माल वस्तुको मूल्यसूची सबैले देख्नेगरि बिक्रीस्थलमा टाँग्नुपर्ने व्यवस्था गरेको छ । तर नेपाली बजारमा व्यवसायीहरुले मूल्यसूची राखेको पाईंदैन । भने विभागबाट तोकिएको कारबाही समेत नगरि उन्मुक्ति दिदै आएको छ ।

खाने तेलमा २८ प्रतिशतले मुल्यबृद्धि हुदाँ पनि सरकार मौन

खाने तेलमा अत्याधिक मुल्यबृद्धि: कारबाही गर्न सरकार पछि हट्यो

बिचौलिया खुशी पार्न दुधको मुल्यबृद्धि : बढेको मुल्य किसानले पाउने ग्यारेन्टी गर्न मञ्चको माग

खानेतेलको ‘मुल्यबृद्धि स्वभाविक’ भन्दै दियो उद्योगीलाई सरकारले उन्मुक्ती

मंहगीलाई सरकारले सकेन नियन्त्रण गर्न, पहाडमा अत्याधिक मुल्यबृद्धि


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!