बिचौलिया खुशी पार्न दुधको मुल्यबृद्धि : बढेको मुल्य किसानले पाउने ग्यारेन्टी गर्न मञ्चको माग

- February 13, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । केही समयदेखि डेरी उद्योग तथा व्यवसायीहरुले दूधको मूल्य बढाउनको लागी दिंदै आएको दवावको बिचमा गत माघ १७ गते बसेको नेपाल सरकारको मन्त्री परिषदको बैठकले साविकको दूधको मूल्यमा प्रति लिटर ६ रुपैयाँ ५२ पैसा बृद्धि गर्न दूग्ध बिकास बोर्डलाइ सहमति दिएकोमा नै राष्ट्रिय उपभोक्ता मञ्चले कडा बिरोध जनाएको छ ।

सो मञ्चले सर्वसाधारण किसानले बिक्री गर्ने दूधको मूल्य बढाउनको लागी मूल्यबृद्धि गरिएको भनेता पनि सर्वसाधारण किसानले बिगतमा पाउनु पर्ने प्रति लिटर ४९ रुपैयाँनै नपाएको अवस्थामा पुनः ६ रुपैयाँ दिने भन्दै किसानलाई झुक्याउने र उपभोक्तालाई महंगीको मार खेप्न बाध्य बनाउन लागेकोमा बढेको मूल्य कार्यान्वयन नगर्न र यसभन्दा पहिला बृद्धि गरेको रकम किसानसम्म पुग्ने व्यवस्था पहिला गर्न समेत सो मञ्चले माग गरेको छ ।

सरकारले विना अनुसन्धान र अनुगमनका विच बिचौलियाहरुकै योजना अनुसार दुधको मुल्यबृद्धि गरि दूग्ध बिकास संस्थान, लैनचौरलाई निर्देशन दिएपछि २०७८ माघ २८ गतेबाट लागु हुने गरी प्रति लिटर ९ रुपैयाँ बढाउने निर्णय संस्थानले गर्नु नितान्त गैरजिम्मेदार र बदनियतपूर्ण रहेको समेत सो मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले बताएका छन् । मञ्चले सरकारको निर्देशन भन्दा बढि मूल्य तोक्ने काम गरेकोमा संस्थानको व्यवस्थापन माथि आवश्यक कारवाही गर्न समेत नेपाल सरकार समक्ष माग राखेको छ ।

साथै नेपालको प्रचलित नियम कानून अनुसार मानव उपयोगी दैनिक अत्यावश्यक वस्तुको रुपमा रहेको दूध तथा दूधजन्य पदार्थमा सरकारको नीति निर्देशन बिपरित नीजि क्षेत्रका डेरी उद्योग संघ तथा नेपाल डेरी एशोसियशनले सरकार र संस्थानले तोकेको मूल्यमा १ रुपैया थप गरी १० रुपैयाँ प्रति लिटर मूल्य बढाउने भनि सार्वजनिक रुपमा गरेको घोषणा र निर्णय प्रति समेत घोर आपति सो मञ्चले जनाएको छ ।

यस बिषयलाइ नेपाल सरकारले गम्भिरताका साथ लिई स्थापित नियम कानून तथा उपभोक्ता हित बिपरित कार्य गर्ने उद्योगी व्यवसायी माथि आवश्यक कानूनी कारवाही गर्न समेत मञ्चले माग गरेको छ । आम उपभोक्ता कहिल्यै पनि किसानको हित बिपरित हुंदैन, किसानले गर्ने खर्च र लागत रकम पाउनु पर्छ भन्ने पक्षमा रहेको यस मञ्च रहेको स्पष्ट समेत गराएको छ ।

तर, घरमा एउटा गोठ र एउटा गाईभैसी समेत नभएका नामधारी किसानहरु अर्थात बिचौलियाहरुको दवावमा गरिएको यो मूल्यबृद्धिको पूर्णतः बिरोध गर्दै बढाएको मूल्य स्पष्ट रुपमा सर्वसाधारण किसानले पाउने ग्यारेण्टी गर्न र किसानले उचित रकम नपाएको अवस्थामा बढेको मूल्य भुक्तानी नगर्ने व्यवसायी मा

थि समेत कानूनी कारवाही गरी पाउनको लागी नेपाल सरकारसंग जोडदार माग गरेको अध्यक्ष मर्हजनले तीव्रखबरसंगको भेटमा बताए । विचौलियाहरुले तीन महिनाभन्दा लामो दवाव र कसरतपछि कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्रराय यादवले दूधको मूल्य बढाएका हुन । मन्त्री यादव व्यापारीको स्वार्थमा परेर दूधको मूल्य बढाएको आरोप लागेपनि सो बारे आधिकारीक धारणा मन्त्री यादबले दिन भने चाहेका छैनन् । उपभोक्ता अधिकारकर्मीले किसानको नाममा मूल्य बढाउने तर व्यापारीलाई मोटो रकम नाफा सुनिश्चित गरिएको भन्दै आलोचना गर्दै आएका छन् ।

नीजि क्षेत्रका डेरीहरुले फागुन एक गतेदेखि लागु हुनेगरी दूधको मूल्य लिटरमा १० रुपैयाँले बढाउने निर्णय गरेर उपभोक्तामाथी खुला ठगी गर्दै आएका छन् । यसरी सरकारले बृद्धि गरेको मुल्यमा थपेर उपभोक्ता ठगी गर्न नेपाल डेरी एशोसिएसन र डेरी उद्योग संघ नामक संस्था कृयाशिल रहेका छन् । सो संस्थामा रहेका कोही पनि कृषिसंग आबद्ध रहेका भने छैनन् । यिनिहरुले किसानको नाममा सरकारलाई दबाब दिई आप्mनो व्यवसायलाई फाईदा हुने काममात्रै गर्दै आएको समेत उपभोक्ताबादीहरुको ठहर रहेको ।

दूधको मूल्य बढ्दा बिचौलिया फाईदा : किसान रित्तै

दुधको बढेको मूल्य पुग्दैन किसानसम्म : विचौलियलाई फाईदा


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!