खानेतेलको ‘मुल्यबृद्धि स्वभाविक’ भन्दै दियो उद्योगीलाई सरकारले उन्मुक्ती

- June 8, 2021 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । देश कोरोना भाइरसका कारण अस्तबेस्त भएसंगै लगाएको निषेधाज्ञाको गलत फाईदा उठाउदै उद्योगीहरुले अत्याधिकमात्रामा बृद्धि गरेको शुल्कलाई सरकारले उन्मुक्ति दिएको छ । खानेतेल लगाएत अन्य खाद्यान्नमा व्यवसायी र उद्योगीले आफुखुशी अत्याधिक मुल्य निर्धारण गरेर स्टोरमा रहेको बस्तुलाई बजारमा बिक्रीकालागि पठाउदै आएका छन् । देशमा निषेधाज्ञा हुनुभन्दा २/३ महिनाअधिनै उत्पादन गरेर स्टोर गरेको खानेतेल र अन्य खाद्य सामाग्रीलाई उपभोक्ता बाहिर निस्कन नपाउने भएपछि कम समय पसल खोल्ने मौका पाएको समयमा अत्याधिक मुल्यमा खानेतेल बिक्री गरिदै आएको छ ।

सरकारी कर्मचारीकै संरक्षणमा नेपाल आयत निगम र खानेतेल उत्पादन र बिक्री गर्ने उद्योगीले अन्तर्राष्ट्रिय बजारमै मुल्यबृद्धि भएकाले नेपालमा मुल्य बढेको तयारी जवाफ सरकारलाई दिदै आएको छ । सोही जवाफलाई आधार मानेर सरकारी निकायले पनि प्रशोधित खानेतेलको मूल्यवृद्धि हुनको मुख्य कारण कच्चा तेलको बढ्दो मूल्य नै भएको निष्कर्ष निकाली कालाबजारी गर्ने उद्योगपतिलाई उन्मुक्ति दिएको छ । सरकारी निकायले औपचारीक अनुगमन गरेको भन्दै उद्योगीले तोकेको स्थानमा बसेर तयार गरेको प्रतिबेदनमा सरकारी निकायले मूल्यवृद्धिलाई स्वाभाविक ठह¥याउनुले पनि सो कार्यमा ठूला घरानीया कम्पनीका सञ्चालकहरुको प्रत्यक्ष प्रभाब परेको प्रस्ट हुन आएको छ ।

विराटनगरस्थित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले मोरङ र सुनसरीका ४ उद्योगमा सूर्यमुखी तेलको गत वर्षको र यस वर्षको कच्चा पदार्थ र उत्पादनको मूल्यको अनुसन्धान गरेर सो खानेतेलको मुल्य बृद्धि हुनु स्वभाविक भएको निर्णय गरेर उपभोक्तामाथीको ठगीलाई बैद्यानिकता दिएको छ । सो कार्यालयले स्वस्तिक आयल, बाबा भेजिटेबल, वाग्मती आयल र पशुपति खाद्यतेल उद्योगमा गई गत वर्ष र यस वर्षका कागजात, अभिलेख र बिलबिजकको अध्ययन भन्दै मुल्यबृद्धि नयाँ कुरो नभएको भन्दै उन्मुक्ति दिएसंगै अहिले बिक्री भैरहेका तेल कहिले उत्पादन भएको हो भन्ने समेत हेरिएको छैन ।

उद्योगपतिले पुरानो मितिमा उत्पादन भएको तेलको लेवलमा नयाँ उत्पादन मिति र अचाक्ली मुल्य निर्धारण गरि नयाँ स्टिकर टाँसेर बजार पठाएको पाइएको छ । स्वस्तिक आयलले प्रति गत वर्षको भन्दा अहिले ६० दशमलव ३९ प्रतिशतले वृद्धि गरि बिक्री गरेको पाइएको छ । सोही स्वस्तिक आयलले यस वर्ष प्रति लिटर २ सय ७५ मा प्रशोधित तेल बिक्री गदै आएको छ । यस वर्षसो कम्पनीले तयारी मालवस्तुको मूल्य ४४ प्रतिशतले बृद्धि गरेको पाइएको छ । बाबा भेजिटेबलले गत वर्षको तुलनामा यस वर्ष प्रतिलिटर तयारी तेल २ सय ५ मा अर्थात ५२ दशमलगव ४२ प्रतिशतले मूल्यवृद्धि गरेको छ । सोही उद्योगले यस वर्ष प्रतिलिटर २ सय ७० मा तयारी तेल बिक्री ३१ दशमलव ५ प्रतिशतले मूल्यवृद्धि गरेको छ ।

मोरङको वाग्मती आयलले गत वर्ष प्रतिलिटर तयारी तेलको बिक्री १ सय ८० रुपैयाँमा अर्थात ६७ दशमलव ४९ प्रतिशतले मूल्यवृद्धि गरेको सो तेल यस वर्ष २ सय ६० रुपैयाँ अर्थात ४४ दशमलव ४४ प्रतिशतले मूल्यवृद्धि गरेको छ । सुनसरीको पशुपति खाद्यतेल उद्योगले गत वर्षको भन्दा यस वर्ष प्रतिलिटर प्रशोधित तेलको कारोबार गर्दा ५३ दशमलव ४४ प्रतिशतले मूल्यवृद्धि गरेको छ । यस वर्ष कच्चा तेलको प्रशोधित तेल प्रतिलिटर २ सय ६५ रुपैयाँ अर्थात ४५ दशमलव ६ प्रतिशतले मूल्यवृद्धि भएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!