खाने तेलमा २८ प्रतिशतले मुल्यबृद्धि हुदाँ पनि सरकार मौन

- June 14, 2021 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । शक्तिको दुरुपयोग गर्दै विषम अबस्थामा पनि आफुखुशी खाद्य वस्तु तथा खानेतेज जन्य बस्तुको मुल्यबृद्धि गरि उपभोक्ता ठगी गर्ने कम्पनीमाथी सरकारले कुनै चासो दिएको छैन । प्रधानमन्त्री केपी ओलीको विश्वासिलो व्यापारी मोती दुगडको योजनामै खुलेआम खानेतेलमा अत्याधिक मुल्यबृद्धि गरि बिक्री गर्दै आएको छ । यसरी अबैधरुपमा स्टरमा रहेको तेलको मुल्य आफुखुशी बृद्धि गर्दै एक वर्षमै घ्यू तथा तेलको मूल्यमाण् २८ प्रतिशतभन्दा बढीले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको १० महिनाको आर्थिक तथा वित्तीय अवस्थाबारे अध्ययन रिपोर्ट सार्वजनिक गर्दै घ्यू तथा तेलको मूल्य वृद्धि एक वर्षमै २८ दशमलव २० प्रतिशतले बृद्धि भएको उल्लेख छ । घ्यू तथा तेलको मूल्यमात्रै होइन २०७७ वैशाखको तुलनामा २०७८ वैशाखमा अन्य वस्तुहरुको समेत मूल्य वृद्धि भएको जनाएको छ । यस अवधिमा मासु तथा माछाको समेत मूल्य वृद्धि १७ दशमलव १२ प्रतिशतले बृद्धि भएकोे राष्ट्र बैंकले जनाएको छ । २०७७ वैशाखको तुलनामा २०७८ वैशाखमा गैर–मदिराजन्य पेय पदार्थको मूल्य ९ दशमलव ८५ प्रतिशत र सुर्तीजन्य पदार्थ उपसमुहको मूल्यवृद्धि ९ दशमलव ८४ प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ ।

सगम्रमा उपभोक्ता मुद्रास्फीति भने घटेको राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार २०७८ वैशाखमा वाषिर्क बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३ दशमलव ६५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५ दशमलव ८३ प्रतिशत रहेको थियो । वैशाखसम्म खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४ दशमलव ७२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २ दशमलव ८१ प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा काठमाडौं उपत्यकामा ३ दशमलव ६२ प्रतिशत, तराईमा ३ दशमलव ५१ प्रतिशत, पहाडमा ४ दशमलव १४ प्रतिशत र हिमालमा १ दशमलव ३३ प्रतिशतले मुद्रास्फीति रहेको छ । २०७७ वैशाखमा यी क्षेत्रहरुमा क्रमशः ५ दशमलव ७१ प्रतिशत, ६ दशमलव ३५ प्रतिशत, ५ दशमलव ११ प्रतिशत र ५ दशमलव १९ प्रतिशत मुद्रास्फीति रहेको थियो । घ्यू, तेल तथा माछामासुको मूल्य वृद्धि यतिधेरै देखिदा उता श्रमिकहरुको आम्दानी वृद्धिदर भने खुम्चिन पुगेको छ । राष्ट्र बैंकका अनुसार तलब तथा ज्यालादर सूचकाङक वृद्धिदर प्रायः शुन्यतर्फमै पुगेको जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!