खाने तेलमा अत्याधिक मुल्यबृद्धि: कारबाही गर्न सरकार पछि हट्यो

- June 1, 2021 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

कच्चा पदार्थको मुल्य बढेको भन्दै मुल्य बढाएको संघको दाबी

काठमाडौं । कोरोना भाइरसले उपभोक्तादेखि देशलेनै आर्थिक मन्दी खेपिरहेको अवस्थामा भान्सामा नभई नहुने खाने तेलको मूल्यमा व्यवसायीहरुले आफुखुशी बृद्धि गरि ठगी गर्नेक्रममा नियन्त्रण हुन सकेको छैन । कोरोना भाइरसको महामारीबाट जोगिनकालागि र सक्रमण नफैलियोस भन्दै सरकारले प्रायःदेशभर लगाएको निषेधाज्ञाका कारण जनताहरु घरबाट बाहिर निस्केका छैनन् । सरकारले केही समय अत्याबश्यक बस्तुको खरित बिक्रीकालागि समय दिएसंगै सो कम समयमा व्यवसायीहरुको लुटधन्दाले तीब्रता पाएको छ ।

सोही विपतुको मौका छोप्दै शक्तिकै आँडमा वर्षैदेखि गोदाममा स्टोर गरेका अत्यबश्यक बस्तुको मुल्यबृद्धि गरि बजार पठाएको पाएको छ । भने अर्कोतर्फ पानीमाथीको ओभानो बन्दै सम्बन्धित व्यवसायीले भने महामारीले गर्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको अभाव तथा मूल्यवृद्धि भएको भन्दै उद्योगीहरूले तेलको मूल्यमा बढाएको जनाउदै आएको छ । एकातर्फ निषधाज्ञाका कारण उद्योग कलकारखाना बन्द रहेको भन्दै आउने तेल व्यबसायीहरुले बजारमा भने सामान पठाई रहेका छन् । प्रधानमन्त्री केपी ओलीको विश्वासपत्र बनेका पुर्वराज्यमन्त्री मोती दुगडकै योजनामा स्टकमा रहेका सवै तेलजन्य बस्तुको मुल्यमा भारी बृद्धि गरि बिक्री गर्न बजार पठाएको दुगड निकट एक व्यवसायीले बताएका छन् ।

विपत्को समयमा मुल्यबृद्धि गर्ने उद्योगीले कच्चा पदार्थको मुल्य बढेको भन्दै भ्रामक विज्ञप्ति

केही महिनाको तुलना गर्दा हाल उत्पादन भएका तेलको प्रतिलिटर २५ रुपैयाँसम्म बढेको आम उपभोक्ताहरूको भनाइ छ । उद्योगीहरूले एक महिना अघि वाणिज्य आपूर्ति तथा उपभोक्ता विभागसमक्ष अन्तर्राष्ट्रिय बजारमै तेल उत्पादन गर्ने कच्चा पदार्थको मूल्यवृद्धि विवरण पेश गर्दै आएका छन् । खुद्रा व्यापार गर्ने व्यवसायीहरूले भने हरेक वर्ष चिसो मौसममा तेलको मूल्य बढाउने प्रवृत्ति उद्योगीहरुमा रहेको बताएका छन् । बजारमा पाइने सोयाबिन तेल, सन्फ्वार तेललगायत सबै प्रकारको तेलको मूल्य बढेको छ । बजारमा पाइने राजहंस, सन्फ्लो, स्वास्तिक, बिगुललगायत अन्य सबै प्रकारको तेलको एक कार्टुनको मूल्य आम उपभोक्तालाई करिव २ हजार रुपैयाँसम्म बढी मूल्य पर्न गएको छ । हरेक वर्ष झैं यो वर्ष पनि सोही समयमा कोरोनाले कच्चा पदार्थको मूल्यवृद्धि भएरभन्दै तेलको मूल्यवृद्धि गर्दै आएका छन् ।

उद्योगीहरूले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको अत्याधिक मूल्यवृद्धिले तेलको मूल्यवृद्धि भएको बयान दिने उद्योगीहरु नेपालमा कति छन भन्ने तथ्याङक समेत सरकारको सम्बन्धित निकायसंग रहेको छैन । बजारमा खाने तेलको अत्याधिक मूल्य बढाएको उद्योगलाई कारबाही गर्ने तर्फ सरकारले कुनै ध्यान दिएको भेटिएको छैन । वाणिज्य, आपूर्ति तथा संरक्षण विभागले केही अनुगमन गरी तेल बिक्री गर्ने उद्योगलाई कारबाही गरेको भनेपनि सामान्य कारबाही गरि उन्मुक्ति दिदै आएको आरोप पनि विभागमाथी लागेको छ । दुगड ग्रुपलगायत बारा जिल्लास्थित रहेको अन्नपूर्ण भेजिटेबल र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरीले उत्पादन गरेका तेलहरु अहिले बढी मूल्यमा बिक्री हुदै आएको छ ।

विभागले उत्पादन लागतको अनुपातमा बढी मुल्य कायम गरी उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ (२) (क) विपरित खाने तेल बिक्री वितरण गरेको पाइएमा कारबाही गर्ने भन्ने उल्लेख छ । देशभर बिक्री हुदै आएको तेल अत्याधिक रुपमा बिक्री गर्दै आएका उत्पादकहरुको छाता संगठन नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले अनुचित ढंगबाट खाने तेलको मूल्य नबढाएको दाबी गर्दै अबैधधन्दा चलाउदै आएको छ । संघले कोभिडका कारण अन्तर्राष्ट्रिय रुपमै तेलको कच्चा पदार्थको मूल्य बढेकाले तेल महँगो हुन पुगेको कारण दाबी गरेको छ । संघले ‘ब्राजिल, अष्ट्रेलिया, क्यानडा, युक्रेन लगायतका मुलुकबाट नेपालसम्म तेलको कच्चा पदार्थ आयात हुने र स्रोतमै ती वस्तुको मूल्य दोब्बर हुँदा नेपालमा भाउ बढेको दाबी गरेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!