September 16, 2024, 8:48 pm
» परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान » नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो » स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता » रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर » जुम्लामा उत्पादीत स्याउले बजार नपाएको सांसद शाहीको गुनासो

‘दुई दिनको मायाले मलाई रुवाउनु रुवायो धोकेबाज’गीत सार्वजनिक

साउन ३, २०८१ मा प्रकाशित | ७९०दर्शक तीव्रखबर

काठमाडौं । शिव परियारको स्वरमा नयाँ गीत ‘दुई दिनको मायाले मलाई रुवाउनु रुवायो धोकेबाज’ सार्वजनिक भएको छ । गीतमा रविन लामिछानेको शब्द र युवराज मगरको संगीत छ । गीतलाई एचबीएन किस्मतले एरेन्ज गरेका हुन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गीतको भिडियो सार्वजनिक गरिएको हो । गीत सार्वजनिकपछि गायक शिव परियारले आफूले सबैखालको गीत गाउँदै आएको र यसपटक लोकफ्युजन शैलीको गीत ल्याएको बताए ।

एउटा कलाकारले जीवनमा सबै शैलीको गीत गाउने चाहना राख्छ । मैले पनि क्लासिकदेखि सुगम संगीत र लोकदेखि पप फ्युजनशैलीका गीतमा आफूलाई प्रस्तुत गर्ने कोसिस गरिरहेकै छु,’ उनले भने, ‘यसपटक नयाँपुस्तालाई लक्षित गरी गीत र भिडियो केही नयाँ बनाउने प्रयास गरेका हौं ।’

कलाकार आश्मा विश्वकर्माले यो गीतमा केही नयाँ शैलीमा नृत्य प्रस्तुत गरिएको बताइन् । ‘निर्देशक र कोरियोग्राफरको कन्सेप्ट अनुसार काम गर्नु हामी कलाकारको दायित्व हो । यसमा पनि मैले सोही अनुसार काम गर्ने कोसिस गरेकी छु ।’

पत्रकार सम्मेलनमा भिडियोको प्रस्तुतिलाई लिएर निर्माण टिमले सञ्चारकर्मीहरुका केही आलोचनात्मक प्रश्नको समेत सामना गर्नुपर्‍यो ।

प्रेममा धोका पाएपछि ‘बेफिक्री’ भएकी प्रेमिकाको विषयवस्तु प्रस्तुत गरिएको भिडियोको कोरियोग्राफर तथा निर्देशक रामजी लामिछाने हुन् । भिडियो आश्मा विश्वकर्मा र ओबी रायमाझी फिचर्ड छन् ।

गीतमा मानकृष्ण महर्जनको छायांकन र बन्दे प्रसादको सम्पादन छ ।

प्रतिक्रिया