December 22, 2024, 6:49 pm
» मधेशी आयोगद्वारा जनकपुर बोल्ट्समाथि भएको दुर्व्यवहारको घटनामा संलग्न दोषीलाई कारबाहीको माग » दुई मुद्दामा सभापति लामिछानेसँग रु ३१ करोड बिगो दाबी » आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत » मेला-महोत्सवले शहरमा मात्र होइन विकट ठाउँमा पनि पर्यटक बढ्छन् : मन्त्री सिंह » रुखको हाँगाले लागेर एक जनाको मृत्यु

पहिरो जादा ढुङ्गाले लागेर नारायणगढ-मुग्लिन सडक खण्डमा बस चालकको मृत्यु

असार २९, २०८१ मा प्रकाशित | ९९०दर्शक तीव्रखबर

चितवन : आज बिहान ३ बजे गएको पहिरोले चितवन जिल्ला  भरतपुर महानगरपालिका-२९ सत्रकिलो स्थित नारायणगढ-मुग्लिन सडक खण्डमा एकको मृत्यु भएको छ।

बुटवलबाट काठमाण्डौ तर्फ जादै गरेको लु २ ख ६५६६ न.को बसलाई अचानक माथिबाट लेदो सहितको पहिरो सितको ढुङ्गाले लाग्दा बस चालक जिल्ला नवलपरासी  सुनवल न.पा.४ बस्ने बर्ष ३६ को मेगनाथ बि.क. गम्भीर घाइते भइ उपचारको लागि भरतपुर तर्फ पठाएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।

बस घटना स्थलामै रहेको बसमा सवार यात्रुहरुलाई केहि नभएको बाटो एक तर्फ अवरोध भएको छ।

उक्त स्थानमा  सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट २०  जनाको टोली र नेपाल प्रहरी परिचालन भएको छ ।  बाटो खुलाउन सडक डिभिजन संग समन्वय भइरहेको छ ।

प्रतिक्रिया