February 24, 2025, 6:21 am
» पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी » भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग » महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी » प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू » बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता

बसमा छुट नपाउँदा एमाले विद्यार्थीको विरोध

माघ ९, २०८१ मा प्रकाशित | ४८०दर्शक तीव्रखबर

सार्वजनिक यातायातमा विद्यार्थीसँग मनलाग्दी भाडा उठाएको भन्दै सत्तारुढ नेकपा एमाले सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुले आपत्ति जनाएको छ ।

सार्वजनिक यातायातले विद्यार्थीलाई भाडा छुट दिन अटेरी गर्दै मनलाग्दी भाडा असुलेको अनेरास्ववियुको आरोप छ । सो संगठनको काठमाडौं जिल्ला कमिटीले विज्ञप्ति जारी गर्दै यस विषयमा सरोकारवाला निकायले सार्वजनिक यातायातहरुलाई सचेत नगराए गम्भीर कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।

विद्यार्थीले परिचयपत्र देखाएपछि जुनसुकै बेलामा गाडी भाडामा कानूनतः नै छुट पाउनुपर्ने भएपनि बसहरुले बिदा, बेलुकाको समय वा विभिन्न बहाना बनाएर छुट दिन आनाकानी गर्ने गरेको अनेरास्ववियुको ठहर छ ।

‘उपत्यकामा दैनिक रुपमा नेपालको विभिन्न स्थानबाट अध्ययन गर्न आएका विद्यार्थीहरु सार्वजनिक यातायातमा आवतजावत गर्ने गरेकोमा विद्यार्थी परिचयपत्र देखाएर आफ्नो अधिकारस्वरुप जुनसुकै बेलामा गाडी भाडामा कानूनतः नै छुट पाउनुपर्ने अवस्थामा विभिन्न रुटमा चल्ने बसहरुले बिदा, बेलुकाको समयलगायत विभिन्न बहाना बनाएर छुट दिन आनाकानी गर्ने गरेको र विद्यार्थीलाई अवहेलना गर्ने गरेकोमा यस प्रकारका व्यवहार नगर्न र सरोकारवाला गम्भीर भई सार्वजनिक यातायातहरुलाई सचेत गराउन अनुरोध छ’, विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया