– पवित्रमणी शर्मा
काठमाडौं । महिलाको हक, हित र अधिकारलाई संरक्षण र सम्वद्र्धन गर्दै महिला सशक्तीकरण तथा महिलाविरुद्ध हुने सबै किसिमका भेद्भावलाई निर्मूल गरी लैङ्गिक न्याय सुनिश्चित गर्न सघाउ पु¥याउने पवित्र उद्देश्यले स्थापना भएको राष्ट्रिय महिला आयोगका पदाधिकारीहरुले उद्देश्य विपरीतका कृयाकलाप गर्ने गरेको बताइएको छ ।
प्राप्त समाचार अनुसार गत वर्ष आयोगमा ३५ हप्ताको गर्भ पुगिसकेकी (नाम गोप्य) राखिएकी महिला पुगिन् । र उनलाई साथी संस्थाको जिम्मा लगाइयो र उक्त साथी संस्थाको जिम्मामा रहेकी (नाम गोप्य) महिलाले जन्माएको बच्चा झापाको बुधबारेमा विक्री गरेको रहस्य खुलेसंगै आयोगका पदाधिकारी र साथी संस्थाको मिलेमतोमा बच्चा बेचबिखन धन्दाको रस्योदघाटन भएको स्रोतको दावी छ ।
समाचारस्रोत भन्छ – ‘आयोगका पदाधिकारीको मिलेमतोमा उक्त (नाम गोप्य) महिलाको बच्चा मात्र बिक्री भएन, उक्त महिलाले अहिलेसम्म न्याय पाउन समेत सकेकी छैनन् । उक्त बच्चा झापाको बुधबारेमा विक्री गर्न मिलेमतो रहेको आरोप लगाउँदै गत माघ २३ गतेको बैठकबाट आयोगले आयोगमा कार्यरत मनोसामाजिक अधिकृतद्वय पावर्ती सुवेदी र कविता खड्कालाई निलम्बन ग¥यो ।’
आयोगमा हुने अनियमितता र विभिन्न ‘गोप्य धन्दा’मा आयोगका अध्यक्ष कमला पराजुली र सचिव पार्वती अर्यालको मिलेमतो रहने गरेको समाचारस्रोतको आरोप छ । स्रोतको दावी छ – ‘(नाम गोप्य) महिलाको हिंसा र बच्चा विक्रीकोलागि छानबिन गर्न बनाइएको समितिले गत फाल्गुण ५ गते नै प्रतिवेदन बुझाउनु पर्ने र सो प्रतिवेदन सार्वजनिक गर्नु पर्नेमा सचिव अर्याल संयोजक रहेको समितिले हालसम्म प्रतिवेदन सार्वजनिक नगर्नुले निलम्बित कर्मचारीलाई आरोप लगाउँदै आफु बच्न नै प्रतिवेदन सार्वजनिक नगरिएको हो ।’
उल्लेखित आरोपको विषयमा प्रतिकृयाको लागि अध्यक्ष पराजुलीलाई पटक पटक सम्पर्क गर्दा फोन उठेन भने सचिव अर्याललाई केही प्रतिकृया लिनुछ तीव्रखबरबाट फोन गरेको भन्ने बित्तिकै ‘मिटिङमा छु पछि कुरा गर्छु’ भनेर फोन काटिन्, पुनः फोन प्रयास गर्दा रिसिर्भ हुन सकेन । अध्यक्ष पराजुली र सचिव अर्यालको प्रतिकृया समेट्ने प्रयास जारी छ, समाचारको थप तथ्य र घटनाको खोजी तीव्रखबरले तीव्र बनाएको छ ।
प्रतिक्रिया