February 24, 2025, 6:16 am
» भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग » महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी » प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू » बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता » बेचन झाको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्धय ढुंगाना र ढकालको इजलासमा

प्रचण्डले जति बोले पनि कोशिस गरे पनि सरकार नढल्ने : नेता थापा

माघ ९, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

काठमाडौं,  । नेकपा एमालेका नेता सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई देशभरि संगै निस्किएर जनतामा एमाले र माओवादीमा कस्को बढि प्रभाव रहेछ हेर्न चुनौती दिनुभएको छ ।

सरकारबाट बाहिरिएर प्रतिपक्षमा रहनुपरेको छट्पटी र पिडामा रहेका प्रचण्डले सरकार र एमालेविरुद्ध जे पनि बोल्दै हिड्ने गरेको आरोप लगाउँदै उहाँले एकपटक जनतामाझ गएर हेर्न आग्रह गर्नुभयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहससँग कुरा गर्दै नेता थापाले प्रतिपक्षको नेताले रचनात्मक भुमिका, सुझाव र सरकारलाई खबरदारी गर्नु स्वभाविक भए पनि प्रचण्ड भने अहिले निकै छट्पटिमा रहेको स्पष्ट पार्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले पछिल्लो समय हरेक जसो सार्वजनिक कार्यक्रमहरुमा वर्तमान सरकार धेरै टिक्दैन, यो अप्राकृतिक छ भनेर दाबी गर्दै आइरहेको छ ।

भन्नेवित्तिकै ढल्ने सरकार कमजोर नभएकाले प्रचण्डले जति बोले पनि कोशिस गरे पनि सरकार नढल्ने नेता थापाको भनाइ छ ।

सत्ताको मोहबाहेक अरुमा ध्यान नभएका प्रचण्डले सरकारलाई ढाल्न अनेक प्रपन्च गरिरहेको आरोप लगाउँदै नेता थापाले उहाँका सबै प्रयास असफल हुने टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया