February 24, 2025, 6:27 am
» पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी » भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग » महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी » प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू » बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता

डोनाल्ड ट्रम्पलाई रास्वपाको बधाई, अमेरिकी दूतावासमा बोधार्थ

माघ ९, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई तथा शुभकामना दिएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासमार्फत् ट्रम्पलाई अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा कार्यभार ग्रहण गरेकोमा रास्वपाले बधाईसहित सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको हो । ट्रम्पको दोस्रो कार्यकाल नेपाल र अमेरिकाबीच कायम रहेको सौहार्दपूर्ण सम्बन्ध थप प्रगाढ र विस्तार हुँदै जाने रास्वपाको विश्वास छ ।

इमेलमार्फत् प्रेषित शुभकामना सन्देशमा ट्रम्पको पुनरागमनलाई ऐतिहासिक भन्दै अमेरिकी इतिहासमा नयाँ अध्यायको थालनीको रुपमा अथ्र्याइएको छ । त्यस्तै, नेपालमा अमेरिकी सहयोगले फराकिलो निरन्तरता पाउने विश्वाससमेत व्यक्त गरिएको छ ।

नेपालको लोकतान्त्रिक विकासका लक्ष्यहरु हासिल गर्न अमेरिका सदैव सहयोगी रहिआएकोमा रास्वपाले प्रसन्नता प्रकट पनि गरेको छ ।

प्रतिक्रिया