तीव्रखबर
काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन गरिएको पहलपछि भारतीय आयल कर्पोरेसनले एकै दिन १६१ बुलेट ग्यास लोड गरेको छ ।
नेपाल आयल निगमका अनुसार नोभेम्बर २६ मा १६१ बुलेट ग्यास लोडिङ भएको हो । सामान्य अवस्थामा दैनिक औसत ११० देखि १२० बुलेट मात्रै लोड हुँदै आएको थियो । निगमले भारतीय आयल कर्पोरेसनसँग समन्वय गरी लोडिङ बढाउन अनुरोध गरेको थियो ।
लोडिङमा भएको वृद्धिले बजारमा ग्यास आपूर्ति व्यवस्थापन सहज हुने निगमको अपेक्षा छ । निगमका अनुसार हाल बजारमा ग्यासको बिक्री वितरण नियमित रहेको छ ।
सरकारले ग्यासको माग र आपूर्तिको अवस्थालाई नियमित अनुगमन गर्दै आयात, ढुवानी र वितरण प्रणाली प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय गरिरहेको जनाएको छ ।
प्रतिक्रिया