November 27, 2026, 10:57 am
» २४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, १७८ जना घाइते » भैरहवा हवाई प्रवेशमार्गसम्बन्धी सहमति सकारात्मक छ : महासचिव पोखरेल » पूर्वमुख्यसचिव अर्याललाई अदालतमा उपस्थित गराइयो » स्रोत नखुलेको रकमसहित दुई चिनियाँ नागरिक पक्राउ » घुस लिएका कृष्णनगर नगरपालिकाका इन्जिनियरविरुद्ध मुद्दा दायर

पूर्वमुख्यसचिव अर्याललाई अदालतमा उपस्थित गराइयो

मंसिर ११, २०८३ मा प्रकाशित | ६०४ दर्शक तीव्रखबर

काठमाडौं। पूर्वमुख्यसचिव एकनारायण अर्याललाई प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय हुँदै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानका लागि म्याद थप गर्न उनलाई शुक्रबार अदालतमा पेस गरेको हो।

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको नाममा अवैध रूपमा रकम असुलेर सङ्गठित रूपले ठगी गरेको कसुरमा सीआईबीको टोलीले अर्याललाई बिहीबार (मंसिर १० गते) पक्राउ गरेको थियो। पक्राउलगत्तै प्रहरीले उनको निवासमा समेत खानतलासी गरी अनुसन्धानसँग सम्बन्धित विभिन्न कागजातहरू नियन्त्रणमा लिएको छ।

अर्याललाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप गर्ने वा नगर्ने भन्ने विषयमा अब अदालतमा थुनछेक तथा म्याद थपसम्बन्धी बहस सुरु हुँदै छ। उक्त बहसमा सरकारका तर्फबाट सरकारी वकिल र अर्यालका तर्फबाट उनका कानुन व्यवसायीहरूले आ–आफ्नो पक्षमा बहस गर्ने तयारी गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *