तीव्रखबर
काठमाडाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले क्यान्डिडेट क्लब समितिमा ६ जना सदस्य मनोनीत गरेको छ ।
समितिका संयोजक कविन्द्र बुर्लाकोटीको सिफारिसमा डा. नमिता यादव, सुलभ खरेल, हिमेश पन्त, शिव यादव र पारसमणि गेलाल सदस्यमा मनोनीत भएका हुन् । बुर्लाकोटी भने समितिको संयोजकको जिम्मेवारीमा छन् ।
समितिको आज बसेको बैठकमा आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।
बैठकमा उम्मेदवारका आकांक्षी तथा आवेदकबाट आवश्यक विवरण र कागजात संकलन गर्ने विधि तथा प्रक्रिया निर्धारण गर्ने विषयमा छलफल गरिएको थियो ।
त्यस्तै, विभिन्न क्षेत्रका योग्य तथा सक्षम व्यक्तिलाई पार्टीको उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराउने उद्देश्यले ल्याटेरल इन्ट्रीसम्बन्धी आवेदन फारम तयार गर्ने विषयमा पनि छलफल भएको छ ।
उम्मेदवार छनोट प्रक्रियालाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन दाबी–विरोधसम्बन्धी फारम तथा प्रक्रिया तयार गर्ने विषयले समेत बैठकमा प्राथमिकता पाएको छ ।
प्रतिक्रिया