November 27, 2026, 10:45 am
» २४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, १७८ जना घाइते » भैरहवा हवाई प्रवेशमार्गसम्बन्धी सहमति सकारात्मक छ : महासचिव पोखरेल » पूर्वमुख्यसचिव अर्याललाई अदालतमा उपस्थित गराइयो » स्रोत नखुलेको रकमसहित दुई चिनियाँ नागरिक पक्राउ » घुस लिएका कृष्णनगर नगरपालिकाका इन्जिनियरविरुद्ध मुद्दा दायर

बाढीले पुल बगाएपछि बुढीगण्डकीमा तुइन जडान

मंसिर ११, २०८३ मा प्रकाशित | ३१०४ दर्शक तीव्रखबर

गोरखा– बाढीले झोलुङ्गे पुल बगाएपछि गोरखाको धार्चे गाउँपालिकाका बासिन्दालाई नदी वारपार गर्न सहज बनाउन बुढीगण्डकीमा तुइन जडान गरिएको छ । तुइन जडान भएसँगै स्थानीयले यसको प्रयोग गर्न थालेका छन् ।

झोलुङ्गे पुल महाशाखाले गाउँपालिकाको केन्द्र माछाखोलालाई लामाबेँसी र केरौँजासँग जोड्ने गरी दुईवटा तुइन जडान गरेको हो । यसअघि धार्चे–३ को खोर्लाबेँसी र धार्चे–२ को केरौँजाबेँसी जोड्ने गरी अर्को तुइन पनि सञ्चालनमा ल्याइएको थियो ।

तुइनबाट एकपटकमा दुई जनासम्म नदी वारपार गर्न सक्ने व्यवस्था छ । स्थानीय युवाले तुइन सञ्चालनमा सहयोग गर्दै आएका छन् ।

तुइन सञ्चालनमा आएपछि केरौँजा, लामाबेँसीलगायत आसपासका क्षेत्रका बासिन्दालाई नदी वारपार गर्न केही सहज भएको छ । तर, तुइनको यात्रा जोखिमपूर्ण रहेको स्थानीयको गुनासो छ ।

स्थानीय फिरेन्द्र घलेले तुइनबाट नदी वारपार गर्दा जोखिम हुने भन्दै तत्काल झोलुङ्गे पुल निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । बाढीले पुल बगाएपछि वैकल्पिक व्यवस्थाका रूपमा तुइन प्रयोग गर्नुपरेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *