November 27, 2026, 10:43 am
» २४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, १७८ जना घाइते » भैरहवा हवाई प्रवेशमार्गसम्बन्धी सहमति सकारात्मक छ : महासचिव पोखरेल » पूर्वमुख्यसचिव अर्याललाई अदालतमा उपस्थित गराइयो » स्रोत नखुलेको रकमसहित दुई चिनियाँ नागरिक पक्राउ » घुस लिएका कृष्णनगर नगरपालिकाका इन्जिनियरविरुद्ध मुद्दा दायर

सुनचाँदीको मूल्यमा फेरि वृद्धि : सुन प्रतितोला २ लाख ४६ हजार नाघ्यो, चाँदी कति पुग्यो?

मंसिर ११, २०८३ मा प्रकाशित | २३०४ दर्शक तीव्रखबर

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यमा फेरि उल्लेख्य वृद्धि भएको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्यमा ठुलो छलाङ आएको छ भने चाँदीको मूल्यमा पनि पर्याप्त वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँले बढेर २ लाख ४६ हजार १०० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भई प्रतितोला ३ हजार १९५ रुपैयाँ पुगेको छ। यसअघि बिहीबार चाँदी प्रतितोला ३ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो, जसअनुसार शुक्रबार चाँदी प्रतितोला १२० रुपैयाँले बढेको छ।

यससँगै साताको अन्तिम दिन एकै दिन सुन र चाँदी दुवैको मूल्यमा भारी वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *