November 27, 2026, 2:57 am
» कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहने » आजको तरकारी र फलफूलको मूल्य सार्वजनिक, कुनको कति ? » चीन भ्रमण सकेर रास्वपा प्रतिनिधिमण्डल स्वदेश फर्कियो » मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, तेस्रो वरियतामा सोबिता » थाइल्यान्डको तेल प्रशोधन केन्द्रमा विस्फोट, बासिन्दालाई सुरक्षित रहन आग्रह

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहने

मंसिर ११, २०८३ मा प्रकाशित | १६०४ दर्शक तीव्रखबर

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेपछि बैठक आज पनि बस्ने भएको छ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बिहान साढे ८ बजे बैठक बस्न लागेको कांग्रेसले जनाएको छ।

गत ८ मङ्सिरदेखि सुरु भएको बैठकमा हालसम्म ७० जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखिसकेका छन्। सबै केन्द्रीय सदस्यलाई धारणा राख्ने समय दिने गरी बैठकलाई निरन्तरता दिइएको पार्टीले जनाएको छ।

बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेकाले छलफल टुङ्गिन बाँकी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *