November 26, 2026, 6:47 am
» विदेशी मुद्रासहित दुई जना पक्राउ » अमेरिकाबाट चीन र भारतसहित १४ देशमा नयाँ भन्सार शुल्क घोषणा » ‘रामायण’ बन्यो बलिवुडको सर्वाधिक कमाइ गर्ने चौथो भारतीय फिल्म » सुनचाँदीको मुल्य बढ्यो » दशकको लक्ष्य भेट्न ऊर्जा मिश्रणको कसरत: रोकिएका पीपीए खुलाउने सरकारको नयाँ खाका

काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ९१० सवारी चालक ट्राफिक कारबाहीमा

मंसिर १०, २०८३ मा प्रकाशित | १९०४ दर्शक तीव्रखबर

काठमाडौं।  ट्राफिक नियम उल्लंघन गर्ने ९१० वटा सवारीसाधनका चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा कारबाही गरेको छ।

बिहीबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको नियमित तथा विशेष जाँचका क्रममा ती चालकहरू कारबाहीमा परेका हुन्। कारबाहीमा पर्नेमध्ये मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १०० जना र तीव्र गतिमा सवारी हाँक्ने ८२ जना चालक रहेका छन्।

त्यसैगरी, सिसिटिभी निगरानीमार्फत ४४ जना, सवारीसाधनको अवस्था ठिक नराखी चलाउने ४४ जना, रातो बत्ती उल्लंघन गर्ने ३७ जना र हर्न निषेध क्षेत्रमा हर्न बजाउने २० जना चालकलाई कारबाही गरिएको छ। ट्राफिक नियमका अन्य विविध कसुरमा ५४४ जना चालक कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *