November 17, 2026, 5:22 pm
» ह्वाइट पार्क रिसोर्टमा छापा, ३६ चिनियाँ नागरिक पक्राउ » सुदूरपश्चिमलाई हराउदै लुम्बिनी लायन्स एनपीएलको फाइनलमा » सिन्धुलीमा माइक्रोबस दुर्घटना, १४ जना घाइते » नेप्से दोहोरो अङ्कले घट्यो, कारोबार कति ? » भारतबाट ३५० मेगावाट विद्युत् आयात र ५६ मेगावाट निर्यातको अनुमति

सिन्धुलीमा माइक्रोबस दुर्घटना, १४ जना घाइते

मंसिर १, २०८३ मा प्रकाशित | १६०४ दर्शक तीव्रखबर

काभ्रे । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

मंगलबार दिउँसो जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको म प्र ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अन्धेरी खोलाको बगरमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गाडीमा सवार १४ जना घाइते भएका छन्। सबै घाइतेहरूलाई उपचारका लागि शुभजीवन अस्पताल खुर्कोट पठाइएको छ। घाइतेमध्ये हालसम्म ९ जनाको मात्र विवरण खुल्न आएको छ भने बाँकी ५ जनाको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा उद्धार कार्य सम्पन्न भइसकेको छ भने दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *