November 17, 2026, 5:23 pm
» ह्वाइट पार्क रिसोर्टमा छापा, ३६ चिनियाँ नागरिक पक्राउ » सुदूरपश्चिमलाई हराउदै लुम्बिनी लायन्स एनपीएलको फाइनलमा » सिन्धुलीमा माइक्रोबस दुर्घटना, १४ जना घाइते » नेप्से दोहोरो अङ्कले घट्यो, कारोबार कति ? » भारतबाट ३५० मेगावाट विद्युत् आयात र ५६ मेगावाट निर्यातको अनुमति

नेप्से दोहोरो अङ्कले घट्यो, कारोबार कति ?

मंसिर १, २०८३ मा प्रकाशित | १९०४ दर्शक तीव्रखबर

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक  १२ दशमलव ७९ अङ्कले घटेर दुई हजार ६३६ दशमलव १० मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३२ अङ्कले घटेर ४७७ दशमलव २१ मा पुगेको छ । त्यस्तै, फ्लोट सूचक शून्य दशमलव ८३ अङ्कले घटेर १८२ दशमलव ७७ मा पुगेको छ ।

त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ७३ अङ्कले घटेर १६१  दशमलव ७६ मा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड १२ लाख ९३ हजार ४५० कित्ता सेयर रु चार अर्ब ७३ करोड ११ लाख ७८ हजार १७ मूल्यमा खरिद बिक्री भएको छ । तेह्र उपसमूहमध्ये १२ उपसमूह घट्यो भने एक उपसमूह बढेको छ ।

आज ८६ कम्पनीको सेयर बढ्यो भने १८५ कम्पनीको सेयर घट्यो । त्यसैगरी नौ कम्पनीको सेयर स्थिर रह्यो । नेप्सेका अनुसार आज अपर लोहोरेखोला हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, एपोलो हाइड्रो पावर लगायतका लगानीकर्ताले कमाएका छन् ।

त्यसैगरी एभरेष्ट कलर, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्था लगायतका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *