तीव्रखबर
काठमाडौं। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली प्रदेशको हिमाली भूभागमा साधारणतया बदली (आंशिक बादल) लागेको छ। तराईका भूभाग, उपत्यका तथा नदीका खोँचहरूमा धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
साथै, कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ। त्यसैगरी, कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना कायमै रहेको छ।
प्रतिक्रिया