तीव्रखबर
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा पशुपति क्षेत्रस्थित गौरीघाटमा छठी माताको पूजाआराधना गरेका छन्।
राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित आइतबार गौरीघाटस्थित छठ पूजास्थल पुगेर पूजाआराधनामा सहभागी भएका हुन्। उनले त्यहाँ अस्ताउँदो सूर्यलाई अर्घ्यसमेत दिएका छन्।
गौरीघाट पुग्दा राष्ट्रपति पौडेललाई सांसद विष्णुदेवी पुडासैनी, सांसद पुकार बम, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, जनप्रतिनिधि तथा छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए।
प्रतिक्रिया