November 15, 2026, 2:10 pm
» प्रधानमन्त्रीको सचिवालयमा जिम्मेवारी हेरफेर » मुगुमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते » राष्ट्रपति पौडेलद्वारा गौरीघाटमा छठी माताको पूजाआराधना » दानबहादुरले पत्र बुझेको गृहको दाबी » कर्णालीसँग चितवन पराजित

मुगुमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते

कार्तिक २९, २०८३ मा प्रकाशित | १९०४ दर्शक तीव्रखबर

मुगु । मुगुको छायानाथ रारा नगरपालिका–७ टोप्लास्थित ताल्चा–रारा कच्ची सडकखण्डमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

 

सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाइलक्स जिप आइतबार अचानक सडकबाट करिब ६०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा काठमाडौंका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा घाइते भएका ललितपुर महानगरपालिका–१५ की ५४ वर्षीया अन्जु थापा र जिप चालक ५८ वर्षीय कञ्चन थापाको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ । दुवैको अवस्था मध्यम रहेको छ ।

जिपमा चालकसहित पाँच जना सवार थिए । दुर्घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेर उद्धार गरेको थियो । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *