November 15, 2026, 2:10 pm
» प्रधानमन्त्रीको सचिवालयमा जिम्मेवारी हेरफेर » मुगुमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते » राष्ट्रपति पौडेलद्वारा गौरीघाटमा छठी माताको पूजाआराधना » दानबहादुरले पत्र बुझेको गृहको दाबी » कर्णालीसँग चितवन पराजित

हुसेन तलतको अर्धशतकमा कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य

कार्तिक २९, २०८३ मा प्रकाशित | २३०४ दर्शक तीव्रखबर

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको चुनौती दिएको छ । कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १५३ रन बनाएको हो ।

कर्णालीका लागि हुसेन तलतको अर्धशतक बनाए । उनले नटआउट ५१ रन जोडेका हुन् । उनले ३३ बलको सामना गर्दा तीन छक्का र दुई चौका हिर्काए ।

कर्णालीका लागि आरिफुल स्लामले ३५ रन बनाए । विष्फोटक ब्याटिङ गरेका उनले १५ बलको सामना गर्दा चार चौका र दुई छक्काको मद्दतमा ३५ रन जोडेका हुन् । कप्तान डेबिड मिलर ५ रनमा आउट हुँदा दिपक डुम्रेले ७ रन जोडे । सोमपाल कार्मी ४, मार्क वाट ६ रनमा आउट भएको खेलमा सचिन शर्मा शून्यमै पेभिलियन फर्किए । सात विकेट गुमेको अवस्थामा क्रिजमा आएका गुल्सन झाले दुई छक्का र एक चौका हिर्काएर ६ बलमा १८ रन जोड्दा आउट भए ।

कर्णालीलाई सस्तैमा समेट्न चितवनका लागि कमलसिंह ऐरी, सलाहुद्दीन खान र उसामा मीरले समान दुईदुई विकेट हात पार्दा रिजन ढकाल र सिकन्दर राजाले एकएक विकेट हात पारे । अब केही बेरमा चितवनले जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *