November 15, 2026, 1:55 pm
» प्रधानमन्त्रीको सचिवालयमा जिम्मेवारी हेरफेर » मुगुमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते » राष्ट्रपति पौडेलद्वारा गौरीघाटमा छठी माताको पूजाआराधना » दानबहादुरले पत्र बुझेको गृहको दाबी » कर्णालीसँग चितवन पराजित

साढे तीन किलो थाई गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ

कार्तिक २९, २०८३ मा प्रकाशित | २५०४ दर्शक तीव्रखबर

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे तीन किलो थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरोको टोलीले भारतको उत्तर प्रदेशका २२ वर्षीय सलमानलाई शनिबार पक्राउ गरेको हो ।

हवाई मार्ग हुँदै नेपाल प्रवेश गर्ने शङ्कास्पद यात्रुमाथि निगरानी गर्ने क्रममा दिल्लीबाट नेपाल आएका सलमानलाई विमानस्थलमा शङ्का लागेर जाँच गरिएको थियो ।

सो क्रममा उनले साथमा ल्याएको झोलाभित्र प्लास्टिकको प्याकेटमा लुकाएर राखेको तीन किलो पाँच सय ग्राम थाई गाँजा बरामद भएको ब्युरोले जनाएको छ ।

प्रहरीले उनको साथबाट एक थान राहदानी र एक थान मोबाइल फोनसमेत बरामद गरेको छ ।

पक्राउ परेका सलमानमाथि लागूऔषध कारोबारसम्बन्धी थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *