November 12, 2026, 10:32 pm
» गाजाको अस्पतालमा इजरायली आक्रमण, कम्तीमा छ जनाको मृत्यु » टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु » भीमफेदी इभी दुर्घटनामा एकै परिवारका छसहित १४ जनाको मृत्यु » मधेस प्रदेशका बालबालिकामा बहुआयामिक वञ्चितीकरणको समस्या » विराटनगरविरुद्ध पोखराले दियो १३३ रनको लक्ष्य

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

कार्तिक २६, २०८३ मा प्रकाशित | ३४०४ दर्शक तीव्रखबर

जनकपुरधाम – धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीचोकमा आज टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

पिडारीचोकबाट रत्नसागरतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–०१० प ४०६९ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७५०४ नम्बरको टिपरले ठक्कर दिएको हो ।

ठक्करबाट स्कुटर चालक महोत्तरीको मनरासिस्वा नगरपालिका–५ कटैयाका २० वर्षीय नवीन चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

मृतकको शव परीक्षणका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको छ । दुर्घटनापछि प्रहरीले टिपर चालक महोत्तरीको भङ्गहा नगरपालिका–७ सितापुरका २२ वर्षीय सचिनकुमार सिंहलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *