November 12, 2026, 10:32 pm
» गाजाको अस्पतालमा इजरायली आक्रमण, कम्तीमा छ जनाको मृत्यु » टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु » भीमफेदी इभी दुर्घटनामा एकै परिवारका छसहित १४ जनाको मृत्यु » मधेस प्रदेशका बालबालिकामा बहुआयामिक वञ्चितीकरणको समस्या » विराटनगरविरुद्ध पोखराले दियो १३३ रनको लक्ष्य

घ्याम्पेडाँडा–रानीकोट सडकको निरीक्षणमा मुख्यमन्त्री थापा

कार्तिक २६, २०८३ मा प्रकाशित | २४०४ दर्शक तीव्रखबर

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भक्तपुरको घ्याम्पेडाँडा हुँदै रानीकोट गढी जाने सडकको स्थलगत निरीक्षण गरेका छन् ।

सूर्यविनायक नगरपालिका–८ स्थित उक्त सडकमा बुधबार परेको वर्षाका कारण क्षति पुगेपछि मुख्यमन्त्री थापाले बिहीबार स्थलगत अवलोकन गरेका हुन् ।

निरीक्षणका क्रममा उनले भक्तपुरको महत्वपूर्ण ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा रहेको रानीकोट गढी जाने सडकलाई सुरक्षित, सहज र व्यवस्थित बनाउन ध्यान दिइने बताए।

उनले सडकको अवस्थाबारे जानकारी लिँदै आवागमन सहज बनाउन आवश्यक पहल गरिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *