तीव्रखबर
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत जारी प्रतिस्पर्धामा बिराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिँदै सानदार बलिङ प्रदर्शन गरेका छन्।
पोखरा एभेन्जर्सविरुद्ध निकै घातक बलिङ गरेका लेग स्पिनर सन्दीपले मात्र तीन ओभर बलिङ गर्दै २३ रन खर्चेर विपक्षी टोलीका ६ ब्याटरलाई पभेलियन फर्काएका हुन्। बलिङका क्रममा उनले लगातार तीन बलमा तीन विकेट लिँदै प्रतियोगितामा आफ्नो ऐतिहासिक ह्याट्रिकसमेत पूरा गरे।
कप्तान लामिछानेको यो विस्फोटक र किफायती स्पेलसँगै पोखरा एभेन्जर्सको ब्याटिङ लाइनअप पूर्ण रूपमा धराशायी बनेको छ भने बिराटनगर किंग्सले खेलमा बलियो पकड जमाएको छ।
प्रतिक्रिया