तीव्रखबर
भद्रपुर – झापाको मेचीनगरमा सिटी सफारीको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।
मेचीनगर नगरपालिका–१५ स्थित चौधरी चोकमा बुधबार साँझ सिटी सफारीको ठक्करबाट स्थानीय ७० वर्षीया लटन राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सफारीको ठक्करबाट टाउकोमा चोट लागेर घाइते भएकी राजवंशीलाई उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले सफारी चालक मेचीनगर–१५ निवासी ५९ वर्षीय मोहन राजवंशीलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।
प्रतिक्रिया