तीव्रखबर
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार ९ सयले घटेर दुई लाख ८३ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन प्रतितोला दुई लाख ८८ हजार ९ सयमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ११० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३८१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि विहिबार चाँदी ३९२० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया