तीव्रखबर
अमेरिकाको भर्जिनियामा चर्चित ममता काफ्ले भट्ट हत्या प्रकरणमा उनका पति नरेश भट्टले पत्नीको शव टुक्राटुक्रा पारेको अदालतसमक्ष स्वीकारगरेका छन्।
अदालतमा दिएको बयानअनुसार, सन् २०२४ जुलाई ३० मा ममतालाई बेडरुममा मृत अवस्थामा फेला पारेपछि उनले सुरुमा सीपीआरमार्फतबचाउने प्रयास गरेका थिए। तर सफल नभएपछि शवका विभिन्न भाग छुट्याएको उनले बताएका छन्।
अनुसन्धानका क्रममा प्रहरीले उनीहरूको घरबाट रगतका दाग र कपाल टाँसिएको पावर स बरामद गरेको थियो। ममता कार्यरत अस्पतालमाअनुपस्थित भएपछि घटना सार्वजनिक भएको थियो।
यस घटनामा नरेशमाथि हत्या, शव लुकाएको र मृत शरीरको अपमान गरेको आरोप लागेको छ। यद्यपि, ममताको शव अहिलेसम्म फेला परेकोछैन र मुद्दाको कानुनी प्रक्रिया जारी छ।
प्रतिक्रिया