तीव्रखबर
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले बिहीबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र साहसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटमा नेपाल–भारत सम्बन्ध, विकास साझेदारी, व्यापार, कनेक्टिभिटी र सांस्कृतिक सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
दुईदिने भ्रमणमा रहेका मिश्रीले नेपालका विभिन्न मन्त्रीहरूसँग पनि भेटघाट गरिसकेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको भारत भ्रमणको निमन्त्रणा प्रधानमन्त्री साहलाई हस्तान्तरण गर्ने कार्यक्रमसमेत रहेको छ।
प्रतिक्रिया