November 6, 2026, 12:04 pm
» मधेश सरकारबाट बाहिरियो नेकपा » परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन शनिबार टर्की जाँदै » नेप्सेमा आज सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार » प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित भारतीय विदेशसचिवको नेपाल भ्रमण » सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई दियो १७७ रनको लक्ष्य

ट्रकको ठक्करबाट मोटरसाइकल चालक तिमिल्सिनाको मृत्यु

कार्तिक १९, २०८३ मा प्रकाशित | ५००४ दर्शक तीव्रखबर

काठमाडौँ– भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ मा आज बिहान ट्रकको ठक्करबाट सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ की गीता तिमिल्सिनाको मृत्यु भएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जडीबुटीबाट लोकन्थलीतर्फ जाँदै गरेको ग प्र ०४–००१ प ००४५ नम्बरको ट्रकले आँखा अस्पतालबाट मनोहरातर्फ जाँदै गरेको बा प्र ०२–००१ ब ३०१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएकी तिमिल्सिनाको उपचारका क्रममा निधन भएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मृतकको साथमा रहेको त्रिभुवन विश्वविद्यालयको परिचयपत्रका आधारमा उनको पहिचान खुलेको हो ।

दुवै सवारीसाधन र ट्रक चालकलाई आवश्यक अनुसन्धानका लागि प्रहरीवृत्त थिमीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *